कोरियाको ख्याङ्गिदो क्षेत्र बाट एक बर्षमा १६ सय भन्दा धेरै आपराधिक गतिविधिमा बिदेशी पक्राउ

1219

सन् २०१८ मा दक्षिण कोरियाको  ख्याङ्गिदो क्षेत्र बाट मात्रै १६ सय ५० जना बिदेशी पक्राउ परेको तथ्य सार्बजनिक भएको छ l  ख्याङ्गि बुक्कु प्रहरीले बिहिबार प्रकाशित गरेको तथ्यांकमा  उनीहरुलाई बिभिन्न अपराधमा संलग्न भएको प्रमाणका आधारमा पक्राउ गरिएको बताएको छ l

यसरि पक्राउ पर्नेमा अधिकांस  अल्प बिकशित राष्ट्रबाट कामको शिलशिलामा कोरिया आएका नागरिकहरु छन् l प्रकाशित तथ्यांक अनुसार ६४ जनाले  आपराधिक मुद्वाको सामाना गरिरहेका छन् l ४२६ मुद्वा हरु विचाराधीन छन् l

त्यस्तै  २३० जना बौद्विक अपराधमा संलग्न छन भने चोरीको मुद्वामा १२९ जना छन l ड्रग कारोबारमा संलग्न ३६ जना पक्राउ परेका छन भने २३ जना यौनजन्य अपराधमा संलग्न छन् l

तथ्यांकमा उल्लेख भए अनुसार सन २०१७ को तुलनामा गत बर्ष आपाराधिक गतिविधिमा केहि सुधार छ l सन् २०१७ मा  १७ सय ७७ आपाराधिक  मुद्वा चलेका थिए l लागु औषध  कारोबारमा समेत  सन् २०१६ र १७ को तुतानामा गत बर्ष केहि कमि आएको देखिन्छ     l
एजेन्सी

प्रतिक्रियाहरू