कोरियाको ख्वान्जुमा तिज बिशेष कार्यक्रम संपन्न

424

“ तपॉई हाम्रो सवैको संलग्नता ,प्रवासि नेपालीको दुख सुखना एकता भन्ने मुल नाराका साथ नेपाल सामुदायिक समिति ख्वाङ्जु दक्षिण कोरियाको आयोजनामा नेपाली नारीहरुको माहान चाड हरितालिका तिजको उपलक्ष्यमा क्षलनाम्दो ख्वान्जुमा रहेका नेपालीहरु बिच शुभकामना आदान-प्रदान तथा सामुहिक दर खाने कार्यक्रम संपन्न भएको छ।

“सगरमाथा छिचोलेर समुन्द्रमा आएनी,हाम्रै धर्म संस्कृति प्यारो बरिलै”।ख्वाङ्जु आसपासमा रहेका नेपाली दीदीबहिनी तथा दाजुभाईहरुलाई नेपाली मौलिक चाडपर्वहरुको झल्को मेटाउन,एकआपसमा शुभकामना साटासाट गर्नुको साथै मनोरंजनात्मक तवरले नेपाली पहिचान झल्काउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष अरुण क्षेत्रीले बताउनु भयो।

रमणिय शहर ख्वान्जुको वलगुक सिजाङमा रहेको पार्कमा भएको उक्त कार्यक्रममा १ सय भन्दा बढि नेपाली दाजुभाई दीदी बहिनिहरुको सहभागिता रहेको जानाकारी नेपाल समुदायिक समिति ग्वाङ्जुका कोषाध्यक्ष गुरुदत्त पराजुलीले जानाकारी दिनुभयो।

“बर्षदिनका उकुसमुकुस धोई पखाली गर्नि मनका पिडा भुलाउनी हरितालिका तिजलाई नेपाली महिलाहरुले हर्षोल्लास साथ मनाउने गरिन्छ।परदेसमा समेत नेपालकै झल्को मेटने तिजका गित सहित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको उक्त कार्यक्रम दीदीबहिनीहरुलाई निःशुल्क गरिएको  कुरा संस्थाका महिला संयोजक सिता लामाले भन्नुभयो।
प्रवासि मजदुर युनियन(एमटियु)कोरियाका मजदुर नेता उदय राईको प्रमुख आथित्यता रहेको शुभकामना आदान-प्रदान कार्यक्रमको अध्यक्षता सामुदायिक समिति ख्वाङजुका अध्यक्ष अरुण क्षेत्रीले गर्नुभएको थियो भने सन्तोष पराजुली,राजुश्री,सालिकराम न्यौपाने,सिता लामा,मधुसुधन ओझा लगायतले मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव ध्रुव नेपालले गर्नुभएको थियो।

प्रतिक्रियाहरू