
म कोरीयामा रोजगारी गर्न सुरु गरेको करीव १३ वर्ष ६ महिना जति भयो । कोरियामा लामा बिदा बर्षमा ३ वटा हुन्छन । साथीभाई भेटघाट रमाईलो गर्दा गर्दै खासै लामो यात्रा गर्नै अवसर पनि मिलेन अनी त्यती ठुलो चाहाना पनी राखिएन । अब कोरिया रोजगारीको करिब उत्तराधमा पुगेको छु । यसपाली मनमा जापान घुम्न जाने मनमा एक प्रकार को होड चलेर आयो । कम्पनीमा काम गर्ने बंगाली साथीहरु विभीन्न देश घुम्न गईराख्थे। यसपाली मलाई पनि जान मन लाग्यो साथीहरु संग-संगै जाने कुरा सोचे ँ, कोरियाको गर्मी बिदामा जापान यात्रा गर्ने तर नेपाली साथीहरु कोही मन्जुर हुनुभएन अनि एक्लै डकुमेन्ट तयार गरे अनि जापान MBC मा apply गरे करीब २ हप्ताको पर्खाई पछि जापानको भिसा लाग्यो , त्यसपछि सुरु भयो जापानको पहिलो यात्रा ।
मलाई सुरुमा लागेथ्यो जापान पनि कोरिया जस्तै होला। एकदिन मै मेरा जापानमा हुने सबै साथीभाई लाई भेट्न सक्छु तर त्यस्तो होईन रहेछ, जापान कोरिया भन्दा निकै ठुलो रहेछ। अनि ट्राभल एकदमै महंगो रहेछ, त्यसैले जापानको कुन ठाँउ जाँदा धेरै भन्दा धेरै साथीहरुलाई भेट्न सकिन्छ जापानका साथीहरुसंग कुरा बुझेँ, सबैको सल्लाहमा जापानको टोकियो शहर छानेँ अनि टोकियो नारिता एयरपोर्टको लागि टिकट काटेँ अनि सुरु भयो यात्रा ।।
म अगस्ट १ तारिक जापानको लागि ईन्छन एयरपोर्ट लागेँ। सबै प्रकृया पुरा गरि प्लेनमा चढेँ। करिब २ घण्टा २० मिनेट आकासमा उडे पछि जापानको नारिता एयरपोर्टमा ल्यान्ड भए सुरुमा मलाई नेपाल जस्तै लाग्यो, जँहा साना-साना घर थिए र एयरपोर्ट पनि निर्माणाधीन थियो। भुई पनि सामान्य पिच थियो। टायल पनि लगाईएको थिएन । जब ईमरीगेसनमा पुगेँ, मलाई अचम्म लाग्यो कि त्यँहा जागिर गर्ने कोही युवा थिएनन्। करीब ९०% नै ६० बर्ष नाघेका बुढाबुढी थिए तर एकदम एक्टीभ मलाई थाहा थियो कि जापान संसार मै धेरै बाच्ने मानीसहरु बस्ने देश हो तर पनि त्यती धेरै उमेर काले सरकारी काम गर्छन भन्ने थाहा थिएन। अचम्म् मान्दै अगाडी बढे सबै प्रकृया पुरा गरी जापान ईन भए त्यँहा मलाई लिन मेरा आत्मीय मित्र अर्जुन ढकाल, उँहाकी धर्म पत्नी मेरो भाउजु गोमा ढकाल र मेरो भतीज अजय कोईराला आउनुभएको थियो। उँहाहरु संग म करीब ७/८ बर्ष मा भेटदै थिएँ। उँहाहरु संग गला मिलाँउदा यति आनन्द आयो कि मलाई फेरी वालापन आए जस्तो महशुस भयो उँहाहरुको अनुहारमा पनि यही खुसी झल्किन्थ्यो । एकछिनको भलाकुसारी पछी हामी गन्तब्य तिर लाग्यौ। हाम्रो गन्तब्य थियो गोको स्टेसन अनि सुरु भयो जापानको रेल यात्रा ।।।
जापानमा Railway को विकास धेरै पहिला भएको हो। म कोरिया भन्दा अरु कुनै देश नगएकाले रेलको यात्रा पनि मैले पहिलो पटक कोरीयामा नै गरेको हुँ। जापानमा विकास पहिले नै भए पनि कतिपय सिस्टममा कोरिया अगाडि लाग्यो । त्यँहा अझै पनि सानो टिकट गेटमा घुसाउने चलन रहेछ। कतिपय साथीहरुले त्यँहाको ट्राभल कार्ड सुईका पनि बनाउनु भाको रहेछ तर त्यो टिकट सिस्टम म कोरिया पहिलो पटक छिर्दा २००१ तिर थियो। आजकाल खासै देख्दिन ।अनि जापानमा अधिकांस ठाँउमा रेल पुगेको छ, कोरियामा पुगेको छैन जापानमा पब्लिक भ्यीकलमा बढी रेल नै प्रयोग हुने रहेछ त्यहा बस प्रयोग गरेको त्यती देखीन मैले अनि ट्राभल एकदमै महंगो स्टेसन पिछ्छे भाडा बढदै जाने एउटै रेल लाईनबाट एक्सप्रेस रेल पनि चल्ने, लोकल पनि चल्ने,सुपर एक्सप्रेस पनि चल्ने, एकछिन त झुक्काउने नै रहेछ रेलको लाईन र रेलका प्रकार त यति कि लाईन छिचोल्न त्यही बसिराखेकालाई पनि गार्है हुनेरहेछ ।
केही मिनटको यात्रा पछि मेरो साथीको होटल पुग्यौँ। खाना खायौँ । गर्मी त नेपालको बुटवल जत्तिकै थियो। साझँ मलाई WELCOME प्रेाग्राम राख्नुभाको थियो साथीहरुले। म एकछिन साथीको घरमा आराम गर्न गएँ। एकछिन सुतेछु करीब साडे नौ बजे तिर हाम्रो ग्यादरींग सुरु भो ।।
त्यो अर्जुनजीको रेष्टुरेन्ट नै थियो ।त्यँहा अजय लगाएत सन्तोष ज्ञवाली ,राजु जी , गोमा ढकाल मेरी साली पबीत्रा बन्जाडे ,भाई तिलक भण्डारी लगाएतको उपस्थिती थियो। त्यँहा एकदमै रमाईलो भयो। धेरै समय पछिको भेट सबैको अनुहारमा खुसी थियो त्यँहा कोरियन सांगेपसाल देखि खसी कुखुराका भेराईटीको साथै जापननज बिरु कोरीयन सोजु सबैको मिश्रण चुस्कीसंगै नाचगान संगै बिहानको ४ बजे सम्म रमाईलो गरिएछ । मलाई लाग्छ मैले जापान घुमाई भन्दा पनि धेरैपछि पुराना साथीभाई ईष्टमित्र संगको त्यो रात जिबन मै कहिल्लै नभुल्ने रातको रुपमा लिएको छु ।
अर्को दिन अगस्त २ गते हामी तिलक भाई पबीत्रा संगै टोकीयो स्काई ट्री घुम्न निस्कियौ । अर्जुन जी आफ्नो होटलमा जानुभयो अजयको पनि त्यही दिन काम सुरु रैछ, उनी पनी काम तिर लागे हामी तिन जना टोकियो तिर लाग्यौँ ।टोकियो को आसाकुसा मा स्काई ट्री रहेछ त्यँहा धेरै बिदेशी घुम्न आउदा रहेछन्। त्यँहा गयौँ, टिकट काट्यौँ र चढ्यौँ त्यो ट्री र कोरियाको लोटे टावर एउटै नै रहेछ डिजाईनींग र बनोट पनि एउटै अग्लो होचो त मलाई एकिन भएन तर एउटै नै हो माथी टुप्पोमा पुगेर टोकियो मज्जा संगै अवलोकन गरियो। कोरियामा जस्तो निकै अग्ला अपार्टहरु त छैनन्। काठमान्डौ जस्ता घरहरु धेरै छन सायद भुकम्पको डरले होला, प्राय साना तर राम्रा चिटिक्क परेका पुराना स्टाईलका घरहरु सहर देखि गाँउ सम्मै रहेछन्। हेरेर दृष्य आनन्द लिन मज्जा हुने ,करीब १/२ घण्टा स्काई ट्रीमा विताएपछि हल्का भोक लागे जस्तो भो के खाने भन्ने कुरा चल्यो यँहा कोरिया हुँदा कोरियनहरुले जापान गएर जापनिज चाउचाउ खाएर आउनु भनेको हुनाले के रैछ जापनीज चाउचाउमा भन्ने मलाई पनी थियो। त्यसैले चाउचाउ खान गयौ त्यो चाउ चाउ वास्तवतमै मिठो रहेछ। नेपालको थुप्पा जस्तै मज्जा आयो पाठक हरु पनी जापान जानुभो भने चाउचाउ खान नभुल्नु होला ।।
हामी नास्ता गरी मेरो पुरानो क्लास मेड साथी प्रकास पाण्डेयलाई भेटन गयौँ । उनी पनि टोकियो नै रहेछन्। कुन स्टेसन हो अहिले मलाई याद भएन। धेरै पछिको भेट छोटो भेटमा प्रकास संग स्कुल जीबनको धेरै कुरा गर्न पाईयो यो भेट पनि मेरो मानसपटलबाट कहिले हराउने छैन । भेट्न त धेरै साथीहरुलाई मन थियो । मेरो समय पनि छोटो र साथीहरुको सहर पनि फरक फरक रहेकोले भेट्न सकिन। फेरी कुनै दिन मौका मिल्यो भने अवस्य भेट हुनेनै छ ।।
अब अन्तिम दिन अगस्त ३ म कोरिया फर्कने दिन अर्जुनजी पनि ब्यस्त हुनुहुन्थ्यो । त्यँहा होटल नजिकै मेला जापनिज भाषामा मेचुरी लाग्या थियो। त्यँहा उँहाहरुले स्टल बुक गर्नुभाथ्यो । त्यहीको तयारि थियो । मलाई रेल सम्म छोडनको लागि प्रदीप ढकाल भाई तयारि थिए । खाना खाई सकेपछि विदाईको त्यो क्षण अर्जुन संगको अंकमाल अनि मायाको चुम्मा जिन्दगि भरी भुल्ने छैन । साथीहरु ईस्टमित्र र भतिज अजयको जापान बसाई स्नेह मैले कहिले नभुल्ने गरी छोटो बसाई र मिठो सम्झना लिएर कोरिया आएको छु। सायद, कति दिन त सम्झनाले सताईरहने छ । यो मेरो यात्राको सम्झना हो। यो पढ्ने साथीहरुलाई एक पटक जापानको यात्रा गर्नुस् भन्न चाहान्छु । नेपालमा बसेर सम्भव नहुन सक्छ। यँहा कोरियाबाट सजिलै भिसा दिन्छ , त्यसैले जापान जानुहोस्, घुम्नुहोस भन्न चाहान्छु।
लेखक: शेषु कोईराला, हाल दक्षिण कोरिया