कोरियाको गिम्हेमा धुमधामसंग तिज मनाईयो , एन सी सी अध्यक्ष अन्जु केसी सम्मानित

0
2232

दक्षिण कोरियाको दक्षिणी क्षेत्र गिम्हेमा नेपाली महिलाहरुको चाड तिज भव्यताको साथ मनाईएको छ । गिम्हे सिस्टरहुड समुहको आयोजनामा भएको सो तीज कार्यक्रममा नेपालकी चर्चित लोकदोहोरी गायिका  मञ्जु विक सहितका कलाकारहरुको प्रस्तुतीमा विविध सांस्कृतिक कार्यक्रम  गरि उपस्थित सहभागिले रमाईलो गरेका थिए ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाकी अध्यक्ष अन्जु केसीको प्रमुख आथित्यमा भएको सो तिज कार्यक्रममा गिम्हे तथा यस आसपासका नेपाली दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
गिम्हे कल्चर सेन्टरमा गरिएको सो तिज कार्यक्रममा नेपाली परिकारको दर खाने कायक्रम सहित स्थानीय कलाकारहरु  परि गुरुंग, नानु तामांग, नमुना र रत्नाले नृत्य प्रस्तुत गरेका थिए भने  सुरज केसी , सुजता बस्नेतले तीज गीत गाएका थिए । साथै कार्यक्रममा महिला दिदीबहिनी लगायत सहभागीहरुले सामुहिक रुपमा नाचगान गरी  रमाईलो संग तीज मनाएका हुन  ।
सिस्टरहुड समुहकी अध्यक्ष सुजता बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रमका अन्य अथितीहरुमा एन आर एन उपाध्यक्ष साजन शर्मा , धादिंग समाजका अध्यक्ष सन्तोष अधिकारी , लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरु रहेको थिए । विष्णु बन्जाडेले स्वागत मन्तब्य राखेको सो कार्यक्रमको संचालन अनिता उप्रेती कठायत र  सरिता बानिया संयुक्त रुपमा गरेका थिए ।
नेपाली संस्कृतिको जगेर्ना र दिदीबहिनीहरु विच सम्बन्ध विस्तार गर्न सो तीज कार्यक्रम गरिएको आयोजकले बताएको छ ।

अन्जु केसी  सम्मानित
नेपाली सम्पर्क समितिका वर्तमान अध्यक्ष अन्जु केसी सम्मानित भएकी छिन । गिम्हे सिस्टरहुट समुह किम्हेले तिज कार्यक्रम विच केसीलाई सम्मान गरेको हो । कोरियाको संघ संस्थाको छाता संगठनको वर्तमान अध्यक्ष केसीले कोरियामा रहेको संघ संस्था संग सहकार्य गर्दै वुद्ध प्रतिमा स्थापना अभियान सफल पार्नुका साथै कोरियाको नेपाली समाजमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको आयोजकले बताएको छ । उनलाई दोसल्ला ओढाएर फुल गुच्छा सहित सम्मान गरिएको थियो । सम्मान पछि अध्यक्ष केसिले महिलाहरुको संस्थाले सउले देखि यति टाढा बोलाएर सम्मान गर्दा आफू अति खुसी भएको बताइन । केसिले आफूलाई यो सम्मानले सामाजिक काममा अझ सक्रिय भएर लाग्न प्रेरणा मिल्ने प्रतिकृया दिएकी छन ।
यसैगरी नेपालकी ख्यातीप्राप्त गायिका मञ्जु विक पनि सम्मानित भएकी छिन । उनलाई तिज कार्यक्रम विचमै सिस्टरहुड समुहले सम्मान गरेको हो

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here