कोरियाको चिसोमा धेरै सास्ती भोगेको एउटा अनुभुति

1017

सन २००९ जनवरि १२ तारिख अदक्ष कामदारको रुपमा अर्थात स्टान्डर्ड लेबरको रुपमा कोरिया उड्ने दिन थियो। काठमाण्डौंबाट दिउसोको करिब ३ बजेको फलाइट। पहिलो पटक बिदेश र जहाज चढेको मान्छे। मनमा खुसी उमङ्ग अनि नौलो अनुभव, कता कता हल्का डर पनि लागिरहेको थियो। काठमाण्डौको आकासमा  जब जहाज उड्यो, उकालो माथी सम्म वेगले पुग्यो। अनि सुन्दर शहर, प्राकृतिक रुपमा सुन्दर हिमाल पहाड हरुले मन प्रफुल्लीत बनायो। जहाज त बादल भन्दा पनि माथी हुदों रहेछ। मेरो सिट जहाजको झ्याल पट्टि भएकोले बाहिरको दृस्य सजिलै देखिन्थे। जब जहाज पूर्बि दिशामा मोडियो,केहि घन्टामै अध्यारो शुरु भयो। सिट भन्दा अगाडी भएको स्किृनमा जहाज यति हजार फिट माथी छ, यो ठाँउमा आइपुग्यो भनेर लेखिएको हुन्थ्यो। चीनको हङ्गकङ्ग सांघाइका झिलीमिली शहरहरु देखिन्थे।झिलिमिली हाइवे देख्दा निकै रमाइलो अनुभब महशुस भएको थियो। रातीको १ बजे तिर इन्छन बिमानस्थलमा आउन लाग्यो। हिउ परिरहेकोछ  र तापक्रम माइनस १३ डिग्री छ भन्दै जहाज बाट सुचित गरिरहेका थिए।
रातीको २ बजे तिर इन्छन एअर पोर्ट बाट इपिएस को टे«निङ्ग गराउने सेन्टर केबिज तिर लागियो। त्याहा पुग्दा रातीको ४ बज्यो। त्यहाँ बसबाट झरे पछि बस्ने रुपमा पुग्दा ४।५ मिनेट आफ्नो सामान लिएर हिड्नु पर्यो र बल्ल थाहा पाइयो। पहिलो पटक माइनस १३ डिग्रीको चिसो। हात र कान त झर्न नै खोज्यो।
रुममा ४ बजे देखि ६ बजे सम्म सुतियो। ६ बजे नै मेडिकल चेक अप र ३ दिने तालिमको लागी उठाइयो। रात भरिको अनिदो। उठ्न मन नलागी नलागी उठ्नै पर्ने बाध्यता। जो छिटो उठ्छ उ नै लाइन मा अगाडि हुने। साथीहरु करिब १५० जना थिए। त्यो माइनस १३ डिग्रीको रगत जम्ने चिसोमा करिब १ घण्टा लाइनमा उभिनु पर्यो। जिउ लगलग काम्यो। कान नाक हात खुट्टा सबै झर्ला जस्तो चिसो भयो। नेपालबाट लिएको जाकेटले पेन्टले त्यो जाडो थामेन। शरिर मुटु कति काम्यो। हात खुट्टा सबै जमे जस्तै भयो।  भित्र ठुलो हल थियो। एक घण्टा पछि पालो आयो। ढोकाबाट भित्र छिरेपछि तातो ।बोइलर,हिटर सबै बालेका छन्। पहिलो पटकको अध्यधिक जाडो चिसोको अनुभब त्यती बेला गरियो। शब्दमा भन्नै नसकिने चिसो।
३ दिनको तालिम पछि कम्पनि पुगियो। सबै बाटाहरु शहर बन जंगल सबै क्षेत्र पुरै हिउँले खात खात थियो। हाम्रो कम्पनि याङ्गजु सिटीमा त झन चिसो रहेछ। माइनस १७ डिग्री सम्म। बस्ने कन्टेनरमा। मेटलबाट बनाइएको। बोइलर त थियो तर भुइ मात्र तातो माथी पुरै चिसो। कम्पनी अल्लि कम्जोर अवस्थाको रहेछ। त्यती ब्यवस्थित थिएन। बस्ने ठाँउ नजिक ट्वाइलेट बाथरुम थिएन। ३ मिनेट हिडेर कम्पनिमै जानु पर्ने।
नेपालमा हुँदा हप्तामा एक पटक, २ पटक नुहाए पुग्थ्यो। यहाँ त दिन दिनै नुहाउनु पर्ने। धुलो मैलो, पसिनाले गर्दा ननुहाइ नहुने। नुहाउने सामान टोकरीमा बोकेर कम्पनीमै जानु पथ्र्यो। त्यति बेला कम्पनिमा बाथरुम थिएन। जिन्स पाइन्ट बनाउने वासिङ्ग गर्ने थियो कम्पनी । त्यही खुला ठाँउमा मेसिनमा पानी तताएर नुहाउने गरिन्थ्यो। खुला ठाँउ अनि चिसोले गर्दा नुहाउन मुस्किल। एक मिनेट शरिरमा तातो पानी हालेन भने खप्नै नसकिने चिसो। नुहाइ सके पछि कोठा सम्म पुग्दा चिसो कपाल पुरै आइस भइ सक्थ्यो। त्यस्तो खालको चिसो हरेक बर्षको ३ महिना डिसेम्बर, जनवरि र फेव्रवरी खप्नै पर्ने थियो। खपियो पनि।
एक बर्ष पछि मेरो काम गर्ने डिपार्ट चेन्ज गरियो। वासिङ्गमा पारियो। मेसिन चलाउनु पर्ने कपडा धुनु पर्ने। कपडा निकाल्नु पर्ने काम गाह्रो पनि थियो। पानी जोगाउन छिमा।एप्रोन र प्लास्टिकको जुत्ता रबरको पञ्जा लाउनु पथ्र्यो। गर्मी सिजनमा अति गर्मी जाडोमा अति चिसो । जाडोको बेला चिसो पानी खेलाउनु पर्ने। प्लास्टिकको जुत्ता लाउनु पर्ने। चिसोमा साह्रै चिसो, खुट्टा झर्ला जस्तै हुने । मिनेट मिनेटमा तातो पानी नहाले खुट्टा झर्ला जस्तै हुन्थ्यो। त्यस्तो चिसो पनि ४ सिजन खपियो।
एक दिन राती जाडो सिजनमै त्यही कम्पनीमा आगो लागी भयो। सबै जना उठेर हल्ला खल्ला गरे। म पनि उठे। आगो लागी भएको तिर गइयो। हेरियो। दम्कल आयो ।आगो निभायो। त्यति ठुलो क्षति केहि हुन पाएन। पानी तताउने हिटर सर्ट भएर नै आगो लागी भएको रहेछ। आगोले गर्दा बिजुली सर्ट भयो। त्यो रात बिर्षनै नसकिने चिसोमा सुत्नु पर्यो। बिजुली गयो। रुमको वोइलर चलेन। मेटलबाट बनाईएको कन्टेनर। माइनस १५।१७ डिग्रीको चिसो। भुइ पुरै चिसो। जति कपडा लगाएर सुते पनि भएको सबै सिरक ओडे पनिे कत्ति पनि तातो भएन। त्यो रात मुस्किलले कटाइएको अनुभव रह्यो।
चिसो र केमिकल खेलाउनु पर्ने थियो। त्यो कम्पनि रहुन्जेल जाडो सिजनमा खोकीले कहिले छोडेन।बोल्न समेत गाह्रो हुने गथ्र्यो। घाटीमा मफलर लगायो। बाफ लियो। औषधि खायो र पनि बुको खोकिले कहिले छोडेन।
केहि बर्ष पछि अर्को कम्पनिमा काम गर्न गए। सौल देखि केहि टाढा। चुङ्गनाम ससान सिटीको गाडी कम्पनीमा। त्यो कम्पनि डे नाइत र केहि बिजी थिया पनि । फेरी जाडो सिजन आयो। त्यो बर्ष कोरियामा केहि छिटो पर्यो हिँउ । नोवेम्बरकै अन्तिममा हिँउ परि सकेको थियो। डे नाइत र बिजीको कारण महिनामा एक दिन मात्र बिदा लिनु मिल्ने थियो। त्यो पनि सिप्ट परिबर्तन गर्ने बेला।
समाजसेवामा निरन्तर लागेको मान्छे म । सौल तुन्देमुन आइ राख्नु पर्ने। तुन्देमुनमा साथीहरु मिलेर एक रुम लिएका थियौं। सौल जादा बस्ने, कोहि काम छोडेको बेला बस्ने गरिन्छ। अहिले पनि त्यो रुम लिएका छौ। त्यो बेला हिँउ परेको १५ दिन पछि सौलको रुपमा जादा पानी,ट्वाइलेट, पानी बोइलर पुरै जमेछ। आइस भएछ। टाढा बाट गएको मान्छे। तुन्देमुन नेपाली रेष्टुरेण्टमा सनिबार बेलुकीको भेटघाट कार्यक्रम सके पछि राती १२ बजे रुपमा उकालो लागे। रुपमा पुगे रुप तताउने बोइलर तातो पानी , चिसो पानी आउने धारा सबै जमेर बसेको छ। त्यती बेला रुम २ जना साथीले लिएका थिर्यौ। साथी पनि कम्पनिमा, म पनि कम्पनिमा। रुपमा आउने जाने क्रम पातलो थियो। जसको परिणाम रुपको हिटिङ्ग सिस्टम जम्यो। त्यो रात हिटर नभए पनि रुममा एक्लै सुत्ने बिचार गरे। बिस्तरा लगाए। सुते। ज्यान कत्ति पनि तातेन। भए भरको सिरक डसना ओढे तर पनि कत्ति पनि ज्यान तातेन। निद्रा त लाग्दै लागेन।बल्ल बल्ल उज्यालो भयो। साह्रै चिसो रात कताउन बाध्य भए।
भोली पल्ट घर बेटीलाइ घरको समस्याको बारेमा कुरा राखे। साहुले खुव गालि गर्यो । पानीको पाइप, बोइलरको पाइप सबै जमेर आइस भएको थियो। त्यो आफै पग्लिन गर्मी सिजन सम्म कुर्नु पर्ने कि त बनाउनु पर्ने भयो। आउदा जादा बस्नु पर्ने। बोइलर बनाउने निर्णय गरे। बनाउने खर्च हामीले  नै ब्यहोर्नु पर्ने भयो। ६ लाख वन लाग्यो। तिरियो।
जाडो सिजनमा तापक्रम माइनस डिग्रीमा जान थाले पछि पानीको धारा सानो थोपा थोपा टप टप चुहिने गरि छोड्नु पर्ने रहेछ। पानी बोइलर न्यूट्रलमा भए पनि लगाइरहनु पर्दो रहेछ। केहि कुरा पनि सिकियो। आजकल त्यसै गरिन्छ।
जाडोमा रुघा खोकी नलागोस भनेर इन्जेक्सन पनि लगाउने गरिन्छ। तात्तातो भएर बस्ने, बेला बेला साउना९ तातो पानीले नुहाउने ठाँउ०, चिमचिल बाङ्ग तातो बाफमा सेकिने ठाँउ गएर नुहाउने पनि गरिन्छ। तात्तातो सुप, गर्मी गराउने मह, मरिच अदुवा ,खसिको मासु पनि खाने गरिन्छ। ताता कपडा लगाउने गर्दा पनि चिसो बाट बच्न सकिन्छ। चिसोका कारण मानिसहरु बिरामी हुने, निमोनियाको रोगी हुने गर्छन। रुघा खोकीले सताउने गर्छ। कतिपय मानिसको मृत्यु सम्म हुन्छ। चिसो बाट बचौं भन्ने कामना पनि गर्दछु।

प्रतिक्रियाहरू