कोरियाको छाङवन शहरमा दशैं तिहार बिशेष कार्यक्रम हुँदै

1439

बडा दशैं  तथा तिहारको उपलक्ष्यमा सगरमाथा समाजको आयोजनामा दशैं तिहार बिशेष कार्यक्रम हुने भएको छ।

आवास गृह सन्चालानार्थ हुन लागेको यो कार्यक्रममा टिका जमरा लगाउने कार्यक्रम, चिट्ठा, नेपाली खाना, फुटबल प्रतियोगिता लगायत बिभिन्न किषिमका साँस्कृतिक कार्यक्रमको तयारी गरिएको समाजका अध्यक्ष गोबिन्द श्रेष्ठले जानकारी गराउनुभयो ।

उक्त सगरमाथा समाजले कोरियामा रोजगारीको शिलशिलामा आएका नेपालीहरुको लागी लक्षित गरि हामानको नाम्जिमा आवास गृह संचालन गर्दै आइरहेकोले अफ्ट्यारोमा परेका नेपालिहरुले सम्पर्क गरि सेवा लिन सकिने छ ।

कार्यक्रम बारे पूर्ण बिबरण:-

मिति : 21 अक्टोबर 2018 आइतबार
समय  : बिहान ११:०० बजे देखी
स्थान :- नाम्जी फुटबल ग्राउन्ड (नाम्जी पार्क) ख्यङसांङ्नामदो
सम्पर्क :- गोबिन्द श्रेष्ठ  (010 5723 5532)

प्रतिक्रियाहरू