कोरियन महिलालाई बलात्कार प्रयास गर्ने एक भारतीय नागरिक कोरियाको छाङ्वन बाट पक्राउ

3847

कोरियन महिलालाई  बलात्कारको प्रयास गरेको आरोपमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् l
कोरिया टाइम्सका अनुसार ३१ बर्षीय उक्त ब्याक्तिले  कोरियाको छाङ्वन प्रान्तको सेयोङ्सान -गु भन्ने स्थानमा कोरियन महिलालाई बलात्कारको प्रयास गरेका थिए l उनको नाम भने गोप्य राखिएको छ l
उक्त भारतीय नागरिकले छाङ्वन क्षेत्रको एक सुनसान बाटोमा हिडिरहेकी कोरियन महिलालाइ जबरजस्ती झाडीमा लगेर  बलात्कारको प्रयास गरेका थिए l
प्रहरीका अनुसार जबरजस्ती गर्ने प्रयास गर्दै गर्दा  उक्त महिला चिच्याएपछी भाग्दै गरेको अबस्थामा सोहि बाटो हुदै परिवारको साथमा  हिडिरहेका  एक कोरियन नागरिकले करिब ३ सय मिटको दुरीमा  उक्त ब्याक्तिलाई पक्रन सफल भएका थिए l
“मेरो छोरि जस्तै लाग्यो र म उनलाई बचाउन बाध्य भए l  ”  ५९ बर्षिय हा  थरका  ति कोरियन नागरिकले प्रहरीलाइ बताए l
उनको साहसिक कामको लागि प्रहरीले ५ लाख कोरियन वोनले पुरस्कृत समेत गरेको छ l पक्राउ परेका भारतीय नागरिक वारे थप छानबिन भैरहेको प्रहरीले जनाएको छ l

प्रतिक्रियाहरू