कोरियाको छिन्जुमा एक ब्याक्तिlले अन्धधुन्ध चक्कु प्रहार गरि ५ जनाको हत्या १३ जना घाइते

7020
Bloody knife on wooden floor, Concept photo of murder and crime

दक्षिण कोरियाको छिन्जुमा एक जनाले अपार्टमेन्टमा आगो लगाएर चक्कू प्रहार गरी ५ जनाको हत्या गरेका छन् । आज बिहान साढे चार बजे भएको उक्त घटनामा मारिनेमा एक १२ वर्षीया बालिका र वृद्धा महिला पनि छन् ।

आक्रमणमा अन्य १३ जना घाइते भएका छन् । ४२ वर्षीया आक्रमणकारीले आफु बसेको कोठा मट्टितेल छर्केर आगो लगाएपछि अपार्टमेन्टमा रहेका मानिस माथि चक्कूले आक्रमण गरेका थिए ।

घटनालगत्तै पुगेको प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको सञ्चार माध्यमले जनाएका छन् । आक्रमणकारीले आक्रमणको उद्धेश्य बताएका छैन् । तर प्रहरीले केहि वर्ष अघि अस्पतालमा मानसिक चेकजाँच गरेको बताएको छ ।

प्रतिक्रियाहरू