कोरियाको जी- मनी संग सम्झौता गर्दै मेगा बैंकले शुरु गर्यो मेगा रेमिट

0
3818

कोरिया सरकार बाट अनुमति प्राप्त संगै पछिल्लो समय कोरियामा रेमिट्यान्स तथा बैंकिंग च्यानल हरुको संख्या बढ्दो छ l यसैबीच कोरियामा खुलेको जी- मनी संग सम्झौता गर्दै मेगा बैंकले पनि मेगा रेमिटको शुरुवात  गरेको छ l
उक्त सम्झौता अनुसार ,अब दक्षिण कोरिया रहेका जी -मनि ट्रान्सफरका जुनसुकै शाखाबाट “मेगा मातृभूमि बचत खाता ”  खोल्न र  रकम तुरुन्तै स्वदेश पठाउन सकिने छ l
सुन्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता ‘मा बैंकले ७ प्रतिशत ब्याज दिने छ भने अन्य सुविधामा मोबाइल बैकिंग अनलाइन बैंकिंग ,एबिबिएस,बैंक स्टेटमेन्ट निशुल्क उपलब्ध गराउने  बताएको छ l त्यस्तै भिषा डेबिट कार्डमा २५ प्रतिशत सम्म छुट दिने छ l
कोरियामा खुलेको जी -मनी नेपालको सिटि एक्सप्रेस मनी ट्रान्सफरको संयुक्त लगानीमा संचालित कम्पनि हो l जी मनी ट्रान्सफरमा खोलिएको खाता मेगा बैंकमा पनि लिंक गरिएको हुदा दक्षिण कोरियामा रहेका नेपाली हरुले सहज र सरल तरिकाले स्वदेश रकम पठाउन सक्ने मेगा बैंकको ठहर छ l
मेगा बैंकको प्रतिनिधि  कोरियामा सम्पर्क – ०१०६८७५२८७७

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here