कोरियाको थेगु शहरस्थित सार्वजानिक स्नानगृह साउनामा आगलागी हुदाँ कम्तिमा २ जनाको मृत्यु

1149

दक्षिण कोरियाको थेगु शहरस्थित सार्वजानिक स्नानगृह साउनामा आगलागी हुदाँ कम्तिमा २ जनाको मृत्यु भएको छ । आगलागीमा परी ७० भन्दा बढी घाइते भएका छन् । आगलागी बिहान ७ बजेर ११ मिनेटमा जादाँ साउनाको चौथो तल्लामा रहेको पुरुष स्नानकक्षबाट आगो शुरु भएको अधिकारीले बताएका छन् ।

आगो लागेको २० मिनेट मै अग्नीनियन्त्रकले आगो निभाएको बताइएको छ । आगलागीको कारण खुल्न सकेको छैन् । प्रहरीले कारण बारे अनुसन्धान शुरु गरेको बताइएको छ।

प्रतिक्रियाहरू