कोरियाको थेजनस्थित केमिकल फ्याक्ट्रीमा विस्फोट पछि आगलागी हुदा ३ कामदारको मृत्यु

2063

दक्षिण कोरियाको थेजनस्थित हन्ह्वा केमिकल फ्याक्ट्रीमा विस्फोट पछि आगलागी हुदाँ ३ कामदारको मृत्यु भएको छ । विस्फोट आज बिहान ८ बजेर ४२ मिनेटमा जादाँ भएको अधिकारीले बताएका छन् ।

३ कामदारको मृत्यु भएको पुष्टि भएको र थप विवरण आउन बाँकी रहेको बताइएको छ । आगो निभाउन ४० भन्दा बढी दमल र अग्नीनियन्त्रक परिचालन गरिएको थियो । विस्फोट लगत्तै भएको आगलागीका कारण बारे पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।

गत वर्षको मे महिनामा पनि सो फ्याक्ट्रीमा विस्फोट हुदाँ २ कामदारको मृत्यु भएको र अन्य ५ जना घाइते भएका  थिए  ।

प्रतिक्रियाहरू