कोरियाको थेजन र सुवनमा सकरात्मक जीवन शैली बारे तालिम दिइने

अनुभवी प्रशिक्षक द्धय इन्द्र बहादुर गुरुइ० र राजी श्रेष्ठद्धारा तालिम दिइने

0
1117

कोरियाको थेजन र सुवनमा सकरात्मक जीवन शैली बारे तालिम दिइने दक्षिण कोरियाको थेजन र सुवन शहरमा कसरी सकरात्मक जीवन शैली अपनाउन सकिन्छ भन्ने बारे तालिम दिइने भएका छन् ।

नेपालबाट आएका यस क्षेत्रमा डेड दशकदेखि अनुभवी प्रशिक्षक द्धय इन्द्र बहादुर गुरुइ० र राजी श्रेष्ठद्धारा सो तालिम उपलब्ध गराइने भएको छ । तालिममा दिमाग, मन र शरिरको उचित व्यवस्थापन बारे जानकारी गराइने छ ।

-- Ad --


व्यक्तितव विकासमा महत्वपुर्ण रुपमा लिइने यस्ता तालिममा मनोविज्ञान र पूर्वी दर्शनलाई समेटेर शारीरीक कृयाकलाप तथा ध्यान र अभिव्यक्तिको माध्यामबाट प्रशिक्षण दिइने प्रशिक्षक गुरुइ०ले जानकारी दिएका छन् ।

कुनै पनि ब्यक्तिको जीवनलाई सरल र सहज बनाउका साथै कोरियामा कार्यरत नेपालीहरुको मानसिक तनाब र चिन्तालाई कम गर्न तालिमले सहयोग पुग्ने प्रशिक्षकको विश्वास रहेको छ । विभिन्न तनाब कै कारण मानसीक समस्याहरुको बढ्दो परिप्रेक्षमा यस्ता तालिम उपयोगी हुने आशा गरिएको छ ।

प्रशिक्षक द्धय नेपाल ओलम्पीक कमिटीका मस्तीष्क र मनोविज्ञान कोच हुन् । बेलायत , मलेसिया, भारत र नेपालका विभिन्न स्थानमा समेत यस्ता तालिम सम्पन्न गरिसकेका प्रशिक्षक द्धयले भूकम्प पीडितहरुलाई पनि तलिम प्रदान गरेका थिए ।

कार्यक्रम हुने स्थान र मिती निम्न अनुसार रहेको छ । मिती शनिबार, ७ जुलाई २०१८ समय साँझ ७ बजे, स्थान सगरमाथा रेष्टुरेन्ट , थेजन यक सम्पर्क ०१० २६६५ ३९९५ मञ्जु गुरुइ० मिती आइतबार, ८ जुलाई २०१८ समय दिनको ११ बजे स्थान नारायणी रेष्टुरेन्ट , सुवन सम्पर्क ०१० ४०९४ ६२४१ तारा नारायणी राजभण्डारी

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here