कोरियाको दक्षिणी क्षेत्रमा शक्तिशालि आँधी आउन सक्ने , सजक रहन सुझाब

2884

कोरियामा सनिबार शक्तिशाली आँधी आउन सक्ने पुर्व अमुमान गरिएको छ l ९ सय ९० हेक्टोपास्कलको चाँपमा रहेको उक्त दानज आँधी शुक्रवार दिउसो देखि  ताइवानको उत्तरी भाग बाट ३ सय ६० किलोमिटर प्रतिघन्टाको दरले बगिरहेको कोरिया मेट्रोलोजीकल एड्मिनिस्टे्रसन केएमएले जनाएको छ l
उक्त आँधीले  शुक्रवार राति कोरियाको जेजु टापुमा मा क्षतिपुर्याउन सक्ने अनुमान गरिएको छ l त्यस्तै सनिबार दिउसो कोरियाको दक्षिणी भागमा क्षति पुर्याउने अनुमान छ भने आइताबार रति सम्म पूर्वी समुद्रको बाटो तय गर्ने  बताइएको छ l
उक्त आँधीले जेजु टापुमा ७ सय मिलिमिटर सम्म बर्षा गराउने  अनुमान छ भने देशका  मध्य तथा  उत्तरी क्षेत्रमा खासै प्रभाब नपारेतापनि साताभरि नै मौसममा भने केहि गडबडी ल्याउने छ l
त्यस्तै आँधि को कारण पहिरो जाने सम्भावना समेत रहेकोले सम्भावित क्षेत्रमा सुरक्षित रहन मौषम विभागले अनुरोध समेत गरेको छ l

प्रतिक्रियाहरू