कोरियाको दोंग्देमुनको खुल्ला चौरमा दीप प्रज्वलन के का लागि ?

0
683

हत्या ,हिंसा , बलात्कार जघन्य अपराध हुन , दोषी उपर कडा भन्दा कडा सजाय हुनु पर्दछ lयस्ता घटनाको जतिसुकै बिरोध गरेपनि कमि हुन्छ l प्रथमत राज्यले यस्ता घटना न्यूनीकरण अभियान चलाउनु पर्छ यदी सक्दैन भने जनस्तर बाट दवाब दिनु जरुरि छ l
हामी सचेत नागरिक हौँ  खराब प्रवृतिको खुलेर बिरोध गर्दछौं l आज महिनौं बित्दा पनि ति अबोध बालिका निर्मला पन्तको शरीरमा रजाइ गर्ने उही शरीर लाइ निर्जीव बनाएर छाड्ने नरपिचास हरुलाई कानुनि दायरमा ल्याउन नसक्ने नेपालको केन्द्रीय अनुशन्धान ब्युरो , नेपाल प्रहरी ,गृह मन्त्रालय तथा स्वायम सरकारकै बिरोध गर्नु एउटा स्वतन्त्र नागरिकको अधिकार हो र कर्तब्य पनि हो l
निर्मला पन्त एउटा उदहारण मात्र हुन् ,नेपालमा सयौं निर्मला जस्ता अबोध बालिका हरु यौन पिपासुको जालमा परेका छन् l विगत तीन वर्षको तथ्यांक हेर्दा २०७२–०७३ मा देशभरबाट बलात्कारका एक हजार ९३ वटा उजुरी परेका थिए । त्यस्तै २०७३–०७४ मा एक हजार एक सय ३७ र २०७४–०७५ मा एक हजार चार सय ८० उजुरी परेका थिए ।

गत  वैसाखदेखि भदौसम्मको अवधिमा मात्र  ९०० बलात्कार र ५३६ जबरजस्ती करणी उद्योगका  घटना हरु बाहिरिएका छन् l पछिल्लो समयमा बढ्दो बलत्कारको आंकडा लाइ हेर्नेहो भने नेपाल सरकार न्यूनीकरणमा कहिँ कतै चुकेकै देखिन्छ lनेपालमा बलात्कारको अबस्था भयाभय छ l दैनिक ४ देखि ६ जना बालिका बलात्कार हुनु भनेको हाम्रो जस्तो विकासोन्मुख देशको लागि कम्ति चुनौती पूर्ण होइन l यसको न्यूनीकरणको लागि एउटा सचेत नागरिकको अहम भूमिका हुन्छ र त्यो एउटा कर्तब्य पनि हो l
प्रसङ्ग आउछ कोरियामा दीप प्रज्वलन त्यो पनि खुल्ला चौरमा !! निर्मला पन्तको बलात्कार पछी हत्या भएको सय दीन नाग्यो हत्यारा पत्ता लागेन देशमा आगो बल्यो, धेरै जना पक्राउ परे छाडियो पनि उच्च स्तरीय छानबिन आयोग गठन भयो ,छानबिन भयो तर  नतिजा भने  सुन्य !!   दोषी पत्ता लगाउन नसक्ने सरकारको चर्को बिरोध भयो  र यो जाहेज  पनि हो  l तर घटनाले यत्रो चर्को रुप लिदा पनि कोरियाका संघ संस्था किन मौन थिए l निर्मलाको आत्मशान्तिको लागि किन दीप प्रज्वलन गरिएन l १०० दीन किन कसको लागि  के तमासा हेरेर बसेका थिए l  अनि महिनौं पछी कहा बाट पलायो यस्तो सत्बुद्दी l दीप प्रज्वलन त्यहि पनि खुल्ला चौरमा !! के का लागि बलात्कारको  बिरोध का लागि कि निर्मला पन्तको आत्मशान्तिका लागि ? यदि निर्मला पन्तको आत्मशान्तिका लागि हो भने महिनौं कुराइ किन ??
र अर्को कुरा प्रवासमा खुल्ला दीप प्रज्वलन राम्रो मानिदैन त्यो पनि एउटा बलात्कारको घटनामा आत्मशान्तिको कामना एउटा गोप्य हलमा पनि गर्न सकिन्छ l बलात्कारी तथा चित्तबुझ्दो छानबिन गर्न नसक्ने सरकारको बिरोध अन्य कुटनीति तरिकाले पनि गर्न सकिन्छ l सिंगो नेपाल सरकारको अंग नेपाली दुतावास पनि छ कोरियामा l तर कोरियाको खुल्ला चौरमा दीप प्रज्वलन गरेर कोरियन लाइ नेपालमा बलात्कारका घटना हुन्छन भन्ने संदेश दिनु बुद्दिमानी होइन l यो जसले कार्यक्रम आयोजना गरेको भएपनि यसलाई गोप्य हलमा नेपाली ,नेपाली  बीच सिमित बनाइयोस देशको इज्यत र प्रतिष्ठामा  आंच आउने काम नगरियोस l यो  एउटा राष्ट्रिय मुद्वा हो l अन्तरराष्ट्रिय होइन !!!

-- Ad --


 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here