कोरियाको पुनः अर्को एक चर्चले फैलायो सामुहिक रुपमा कोरोना भाइरसको संक्रमण

4740

दक्षिण कोरिया सिन्छेन्जी चर्चले सामुहिक रुपमा कोरोना भाइरस फैलाएको घटना सेलाउन नपाउदै पुनः अर्को चर्चले  सामुहिक रुपामा भाइरस फैलाएको तथ्य खुलासा भएको छ l  कोरियाको घना बस्ति रहेको  ख्याङ्गिदो  प्रान्त  स्थित सङ्नाममा  रहेको द रिभर अफ ग्रेस कम्युनिटी चर्चले कोरोना बाट बचाउने भन्दै मुखमा छर्केको नुनपानी बाट एकैचोटी ४६ जना संक्रमित भएका छन् l

उनीहरुले चर्चमा  आएका यशु ख्रीष्टका अनुयायी हरुलाई भाइरस बाट बचाउने भन्दै मार्च १ तारिख र ८ तारिख गरि २ पटक सम्म एक एक गरेर सबैको मुखमा  नुनपानी छार्केका थिए l त्यसैको कारण ४६ जना एकैपटक संक्रमित भएको कोरियाली संचारमाध्यहरुले लेखेका गरेका छन् l

द रिभर अफ ग्रेस कम्युनिटी चर्चलेको सिसिटिभी फुतेजको आधारमा उक्त कुरा पत्ता लागेको हो l ” यो एकदमै दुर्भाग्यपूर्ण छ l संक्रमितको संख्या अझै बढ्न सक्छ ” ख्याङ्गि प्रान्त कोभिड-१९ का आपतकालीन रेस्पोन्स टिमका सह प्रमुख ली हि यङले बताए l

मार्च  ८ तारिख चर्चमा पुगेका १३५ जना मध्ये ४०  जनामा कोरोना संक्रमण भेटिएको छ भने मार्च  १ तारिख चर्च गएका मध्ये ६ जनामा सक्रमण पुष्टि भएको सङ्नाम क्षेत्रका मेयर युन सु मि ले बताए l

राजधानी सियोल आसपासका क्षेत्रमा यसरि सामुहिक संक्रमण देखा परेको यो दोस्रो पटक हो l गत  हप्ता  मात्र सियोलको एक कल सेन्टर बाट सामुहिक रुपामा भाइरस  फैलिदा १ सय भन्दा धेरै संक्रमित भएका थिए l(कोरिया हेराल्ड)

प्रतिक्रियाहरू