कोरियाको प्रतिब्याक्ति आय ३० हजार डलर भन्दा माथि , एशिया प्यासिफिक क्षेत्रमा तेश्रो

0
1454

दक्षिण कोरियाको यो बर्षको जी.डी.पी अर्थत कुल ग्राहस्थ उत्पादन  प्रती ब्यक्ती  ३० हजार हजार अमेरिकी डलर भन्दा बढी देखिने कोरियाको अर्थ मन्त्रालयले अनुमान गरेको छ ।
मन्त्रालयको गत बिहिवारको प्रतिवेदन अनुसार गत वर्षको  जी.डी.पी २९ हजार ७ सय ४४ डलर थियो भने यो बर्ष ३१ हजार ८ सय ६२  डलर पुग्न सक्ने अनुमान मन्त्रालयले गरेको हो । त्यस्तै, सन २०१८ मा राष्ट्रको  जी.डी.पी ३.६% ले बढ्न सक्ने अनुमान पनि अर्थ बिभागले गरेको छ ।
मन्त्रालयले गरेको अनुमानको आँकडालाई हेर्दा कोरिया एशिया प्यासिफिक क्षेत्रमा तेश्रो देश हुनेछ भने कुल ग्राहस्थ उत्पादन ३० हजार डलर हुने जापान,अष्ट्रेलिया एंव आर्थीक र विकासको संगठनका सदस्य देशहरु पछीको ९ औ अंकमा पुग्नेछ ।
सन २०१९ सम्म प्रती ब्यक्ती कुल ग्राहस्थ उत्पादन मा ३३ हजार ७ सय ५५ डलर र सन २०२३ सम्ममा ४० हजार  डलर पुर्याउने कोरिया सरकारको लक्ष्य रहेको छ ।

जी.डी.पी एक निश्चित अवधिमा सामान्यतया एक वर्षमा उत्पादित बस्तु तथा सेवाको कुल मूल्य हो।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here