कोरियाको प्रमुख प्रतिपक्ष दलले ल्यायो बिदेशी कामदारलाइ कम ज्यालाको प्रस्ताब

1655

कोरियाको प्रमुख प्रतिपक्ष दल लिबर्टी कोरिया पार्टीले बिदेशी र स्वदेशी कामदार बीच फरक ज्याला हुनु पर्ने प्रस्ताब अगाडी सारेको छ l बुधबार बुसानमा भएको रोजगार दाताहरुसंगको बैठकमा प्रमुख प्रतिपक्षि  लिबर्टी कोरिया पार्टीका नेता ह्वाङ क्यो-आनले साना कम्पनीहरुमा पर्न जाने आर्थिक भारलाइ कम गर्न कानुन परिबर्तन गरेरै भए पनि फरक ज्याला निर्धारण हुनु पर्नेमा जोड दिएका छन् l

देशको लागि स्वदेशी  कामदारको योगदान बिदेशी कामदारको भन्दा धेरै हुने भन्दै नेता ह्वाङले समान ज्याला न्यायोचित नहुने बताए l  उनले भने ” अब हाम्रो पार्टीले श्रम सम्बन्धि कानुन सुधार्न  जोड दिने छ l”

यद्यपी  कोरियाको प्रचलित श्रम कानुनको धारा ६ मा  कुनै पनि रोजगार दाताले लिंग , राष्ट्रियता, धर्म तथा सामाजिक मान्यताको आधारमा न्युनतम ज्यालामा कुनै पनि भेदभाब गर्न नपाइने उल्लेख छ l

त्यस्तै अन्तरराष्ट्रिय मजदुर संगठन (आइएलओ) ले  संसारभरका मजदुरलाइ न्युनतम ज्यालाको आधारमा हुने भेदभाबको कडा रुपमा बिरोध गर्दै आइरहेको छ l

कोरियामा बर्तमान राष्ट्रपति मुन जे – इनले सत्ता सम्हालेपछी दुइबर्ष यता पहिलाका बर्षहरुको तुलनामा न्युनतम ज्याला अत्यधिक रुपमा बढेको छ भने काम गर्ने समय घट्दै गैरहेको छ l

यसैबीच साना तथा मझौला कम्पनिका रोजगारदाताले आफुहरुलाई अनाबस्यक  आर्थिक बोझ परेको भन्दै बिदेशी कामदारको न्युनतम ज्याला कम हुनु पर्ने माग राख्दै आइरहेका छन् l
कोरिया टाइम्स

प्रतिक्रियाहरू