कोरियाको बसाइ सकेर नेपाल जाने तयारीमा रहेका एक नेपाली झुन्डिएको अबस्थामा मृत फेला

441

कोरियामा फेरी अर्को दुखत घटना घटेको छ  l रोजगारीको लागि इपिएस मार्फत कोरिया आएका एक नेपाली झुन्डिएको अबस्थामा मृत फेला परेका छन l नेपालको नवारपुर घर भै कोरियाको ह्वासंग फारन नजिकै एक कम्पनीमा कार्यरत २६ बर्षीय मौसम शर्मा पौडेल झुन्डिएको अबस्थामा गए राती मृत फेला परेका हुन l

कम्पनिमा संगै कार्यरत नेपालीका अनुसार गएराती करिब १० बजे  कोठाबाट बाहिरिएका पौडेल निकै बेर सम्म पनि कोठा भित्र प्रवेश नगरेपछि उनलाई कम्पनीका सबै साथीहरु मिलि खोजेका थिए l करिब एक घण्टा सम्म सम्भावित ठाउँहरुमा खोजे पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए l तत्कालै प्रहरी आइ उनको अन्तिम पटक स्विच अफ भएको मोबाइलको लोकेसन ट्राक गरि खोज्दा कम्पनि नजिकैको डाँडोको एक रुखमा झुन्डिएको अबस्थामा फेला परेका थिए l
परिवारका एक मात्र छोरा पौडेल कोरियाको बसाइ अवधि ४ बर्ष १० महिनालाई करिब ४ महिना छोट्टाउदै आउदो मे १० तारिख नेपाल जाने तयारीमा रहेको समेत बुझिएको छ l उनि नवलपुर सम्पर्क समिति दक्षिण कोरियाका सदस्य समेत हुन् l

घटना वारे नेपाली दुतावासमा अनौपचारिक जानकारी आएको श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताए भने नवलपुर सम्पर्क समितिका अध्यक्ष हेम पाठकले यस्तो दुखत घटनाले आफुलाइ निकै  निकै स्तब्ध बनाएको बताए l
हाल उनको शवलाइ प्रहरीले नजिकैको अस्पतालमा राखेको छ भने घटना वारे थप अनुशन्धान भैरहेको बताइएको छ l
बिस्तृत विवरणको लागि हेर्दै गर्नुहोला हेल्लो नेपाल कोरिया डट कम।

प्रतिक्रियाहरू