कोरियाको बेरोजगारी दर बिगत ६ बर्ष यताकै उच्च

0
701

कोरियामा बिश्बिधालय ग्राजुएसन गरेका मध्ये ६६.२ प्रतिशत युवा बेरोजगार रहेको एक तथ्यांकले देखाएको छ l शिक्षा मन्त्रालय तथा कोरियन शैक्षिक बिकाश संस्थानले बिहिबार संयुक्त रुपमा प्रकशित गरेको एक तथ्यांकअनुसार सन २०१७ सम्म  यो तथ्यांक उच्च रहेको छ l बेरोजगारी दर सन् २०११ देखि यताकै उच्च हो l

गत बर्ष ५ लाख ७४ हजार ९ जना बिधार्थिले विश्वबिद्यालय बाट ग्राजुएसन लिएकोमा  ५ लाख १० हजार ५५ अर्थात  ६६.२ प्रतिशले  रोजगारी को खोजीमा रहेका थिए l यो दर अघिल्लो बर्षको भन्दा १.५ प्रतिशत कम हो l

-- Ad --


यसरी बेरोजगारी हुनेमा सबैभन्दा धरै जुनियर ग्राजुएट को दर ७७.७ प्रतिशत छ भने महिलाको भन्दा पुरुषको संख्या बढी छ l

रोजगारी प्राप्त मध्ये ४६.६ प्रतिशत साना तथा मझौला कम्पनीमा कार्यरत छन् भने १५.७ प्रतिशत गैह्र नाफामुखी संस्थामा कार्यरत छन् l त्यस्तै ९.८ प्रतिशतले ठुला बिजनेस कम्पनि हरुमा रोजगारी पाएका छन् l
योंहाप

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here