
ए मेरा दाई!जान्नीलाई श्रीखण्ड नजान्नीलाई खुर्पाको बिँड भनेको सहि हो।हामि नेपाली जॉहा जाला भातै खाला भन्छम भने कोरिएनहरु जॉहा जाला सागै खाला भन्दा रचन।कॉचो सागमा पोलेको मासु बेरेर मुखभरीको गास चपक्क निलेसि बल्ल यिनलाई खाए जस्तो हुँदो रच।साग भन्दा मासु सस्तो छ।गाडि बनाउन सजिलो छ मेसिनले बनाउनि हो साग त मुन्छेले बनाउनी हो।तेसैले किसानको भाउ छ कोरियामा।म किसान हुँ सागबारीमा काम गर्छु।गर्वकासाथ किसान पनि टाई बॉधेर हुण्डाई कार चढेर बैङक जॉदा कर्मचारीले निउरेर आन्यङहासेयो गरे।कसमदाई !साउ सँग म पनि गको थिएँ।
जेरी पकाए जसरी कुरा फनफनी नघुमाउन यार भाई!तिम्ले गर्नि कामको बारेमा बताउ?मैले हकारे पछि उनले सुस्केरा हाल्दै भने।
ए मेरा दाई!म मिनारी भन्नी सागमा काम गर्छु।नेपालमा यसलाई खोले साग पनि भन्छन।कतै गँडयौले पनि भन्छन अरे तर गँडयौले झार हैन है।यो पानीमा हुन्छ।नेपालका खोला ताल तलैया सिमसार क्षेत्रमा पाईने भएपनि साग खानी चलन कम छ।पुराना बाजे बज्यैहरुले चैत बैशाकको खडेरीमा हरियो परियो नहुँदा खोले साग तिउन भनेर भात खान देको संझन्छु।यॉहा त एस्तो भयङकर रच।एकपल्ट फेसबुकमा फोटो पोष्टाएको आन्तरिकवाला गॉउको बिद्वानले साईन्टिफिक नाम के हो?भनेर कमेन्ट गर्यो।कि ढॉडखोला कि अँधेरीखोला तिर जाऊ भन्दिएँ।कोरियामा भने मिनारीको साग हरेक भान्सामा अनिवार्य हुनै पर्छ।उखर्माउलो गर्मि होस या कठाङग्रीदो जाडो जुन मौसममा पनि यसको प्रयोग अनिवार्य छ।
कामदाम सुख:दुख के कस्तो छ तनि भाई?भनेर मैलै सोधेको मात्र थिए ।भाईको अनुहारमा भावनाका छालहरु तरङ्गित भएको स्पष्टै देख्न सकिन्थ्यो।केहिबेर अकमकाए पछि उनले भने।
ए मेरा दाई!पहिला सुख:बाटै शुरु गरम।खान बस्न राम्रै छ।तलव मैनाको दुईलाख स्टार रेमिट मार्फत घरमा पठाम्छु।२०हजार नेपाली जतिमोबाईल रिचार्ज (सोजुमेक्चु थाम्बे)जलपान खर्च हुन्छ।घरपरिवार सुख शान्तिमै छन।सपना केहि पुरा हुने निश्चित बन्दै गईरहेको छ।
ए मेरा दाई!दुख:को कहानि लेख्नि हो भने तँपाईको कलमको मसि सकिन्छ।सुन्नुस म छोटकरीमा भन्छु।२०वटाको दरले ५ठॉउमा सयवटा फुटबल ग्राउण्ड जत्रा प्लास्टिक घर छन।तिनमा घुँडा डुब्नि तह सम्म पानी तैरिएको गिलो ढाव छ।त्यहिँ हो मेरा पसिनाका थोपा टपटप खस्नि बुझ्नु भो?भियतनामि कम्बोडिया उजकेस्तानको र म समेत गरेर ४जना कामदार छौ।साउ कति बाठो छ भने साग काटनि कामलाई नि अन्तराष्ट्रिय प्रतियोगिता बनाईदिन्छ।ढिलो काम भए देसकै ईज्जत जानी हुँदा बिर गोर्खाली हुन मन लाग्छ।लपस्तरोलाई त खुट्टा झिक्नै गारो हुन्छ।काटेका मुठा सोनसुरे मार्फत संकलन गर्नि ओभानो ठॉउमा ल्याएर धोईपखाली ससाना साईजमा र्यापिङ गरेर उठाएर गाडिमा ढुवानी गर्दा रॉमोराम दाई चौथिका चन्द्रमा देखिन्छ।निउरीएको निउरिएई गर्दा बुढेसकालमॉ कस्तो हुम्ला भन्ने चिन्ताले सताउँछ।तै पनि गरेकै छु।कोरियन एग्रिकल्चरमा सवैभन्दा गारो काम भन्दा रहेछन।कोरियाको मिनारी दुखै दुखको चिनारी भनेर लेखिदिनोस।१महिना असारमा हिलॉ पस्ने र हिलो छोडदाको अनुभव कस्तो हुन्छ संझनुहोस।१२अै महिना अझ पुरै कार्यकाल ५८महिना दैनिक १०घन्टा हिलैमा गाडिएर काम गर्दाको पिडा के तँपाई कल्पना गर्न सक्नुहुन्छ?
भो भाई !गहिराईमा नडुब।ईपिएसमा फारम भरेका पौने१लाख भाईबैनीको भावनाको संवेदनसिलतालाई हृदयङम गर्दै उनको धाराप्रवाहा भेल्किएका दुखका छालहरुलाई मत्थर पार्न बाध्य भँए।छुटपुट कुरा टु द पोईन्टमा बताईदेउ भने।
ए मेरा दाई!जे भएनि लिँडो गोरुलाई औसि न पुर्णियॉ भने जस्तो छैन।महिनॉ २दिन छुट्टि छ।घुर्नि अरी सुत्नि र छिन्गुदलसँग(साथिहरु)बेला बेलॉ खम्बे(चियर्स)गरिन्छ।काम गरेर मँरिदो रहिन्च।ज्यान फुर्तिलै छ।एति पनि गर्न सकिदो रच भनेर ऑफैलाई बिश्वास पलाको छ।यो दुखले नेपालॉ गर सुन फलॉउछु भन्नि आशा जागेको छ।तत्कालै यहि खेति नगरेपनि खोले सागको महत्व बुझाउने छु।खोलातिर गएका गॉउले घर फर्कदा कि माछा नभए खोले साग लिएर फर्के भने म कोरिया आएको सार्थक हुन्छ दाई।
भाईको भावनालाई सलाम गर्दै भाईको नाम फोटो राखे कसोहोला भनेर सोधेको जवाफमा उनले यसो भने।
ए मेरा दाई!शत्तुर हँसाउनि कुरा नअर्नुस।कामका दामका कुरा गर्नोस नामका कुरा नगर्नुस ।बुझ्नुभो ?भनेर भाई एकाएक कडकिए।कुराकानि सकियो क्यास मेक्चुका २ क्यान ठाडो घॉटि लाएर उनको कहानीले गर्मिएको शरिरलाई शितल बनाएर दाजुभाई बिदा भईयो।जय कृषि जय किसान।भविष्य हाम्रो हातमा छ। – हरिराम भण्डारी हेल्लो नेपाल कोरिया डटकमका लेखक तथा सम्वाद्दता हुन् ।