कोरियाको मोक्पोमा धुमधामसँग दशै मनाईयो

398

मोक्पो साम्हो साझा चौतारीले गत आइतवार मोक्पो स्थित देबुलमा दशै कार्यक्रम धुमधामका साथ मनाएको छ ।

मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष रोशन कुमार पौडेलको सभापतित्वमा सम्पन्न भएको दशै कार्यक्रममा प्रमुख अतिथि श्रम कन्सुलर डिल्लीराम बास्तोला, विशेष अतिथि एमटियु अध्यक्ष उदय राई लगायत विभिन्न संघ संस्था प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथी लगायत अतिथीहरुले दशैको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

हुन्डाई पार्क थेवुलको पार्कमा आयोजना भएको कार्यक्रममा टिका ग्रहणसँगै नेपाली स्वादिष्ट खानाका परिकार खाए सँगै विविध नाँचगान का साथ धुमधामसँग दशै मनाइएको हो।

प्रतिक्रियाहरू