कोरियाको राजधानीस्थित सामसङ इलोक्ट्रोनिक्स प्लान्टमा घातक ग्यास चुहावट, १ जना कामदारको मृत्यु

3308

दक्षिण कोरियाको राजधानी सउलस्थित सामसङ इलोक्ट्रोनिक्स प्लान्टमा घातक ग्यास चुहावट हुदाँ एक कामदारको ज्यान गएको छ भने अन्य दुइ जना घाइते भएका छन् । घटना आज दिउसो अपरान्ह् तीन बजेर चालीस मिनेट जादाँ भएको प्रहरीले जनाएको छ । आगो निभाउने यन्त्रले भरिएको रुमबाट कार्बनडाइअक्साइड ग्यास चुहावट हुदाँ दुर्घटना हुन पुगेको जनाइएको छ । ली थरका कामदार मृत फेला परेको र दुइ जना अन्य अचेत अवस्थामा भेटिएका थिए । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । सामसङमा यस अघि पनि यस्तै खाले घटना भएको थियो । सो क्रममा एक जनाको ज्यान गएको थियो ।

प्रतिक्रियाहरू