कोरियामा प्रदुषित धुलोको कारण बार्षिक १२ हजारको मृत्यु हुनेगरेको तथ्य सार्बजनिक

622

दक्षिण कोरियाको वायुमण्डलामा मसिनो धुलोको प्रकोप अत्यधिक रुपमा बढ्न थालेको छ l केहिदीन यता धुलोको प्रकोप विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा माथि पुगेपछि सरकारले आपतकालीन सचेतना समेत जारि गरेको छ l

यसैबीच कोरियाको वाताबरण मन्त्रालयले बुधवार प्रकाशित गरेको एक तथ्यांकअनुसार वायुमण्डलमा मिसिएको  प्रदुषित मसिनो धुलोको कारण  बार्षिक करिब १२हजार मानिसको मृत्यु हुने गरेको छ l

कोरियाको लिबर्टी पार्टीका नेता होंग छुल्होका अनुसार वायुमण्डलिय प्रदुषणले मृत्यु हुनेमा ५८ प्रतिशत  हृदयरोग सम्बन्धि तथा हृदयघातको कारण छ भने श्वासप्रश्वास तथा फोक्सो सम्बन्धि रोगका कारण वार्षिक १८ प्रतिशतको मृत्यु हुने गरेको छ l त्यस्तै ६ प्रतिशत को मृत्यु  फोक्सोको क्यान्सरबाट हुने गरेको छ l
कोरिया टाइम्स

प्रतिक्रियाहरू