कोरियाको इन्छन शहरस्थित एक इलोक्ट्रोनिक्स कम्पनीमा आगलागी, नौ कामदारको मृत्यु

1437

दक्षिण कोरियाको इन्छन शहरस्थित एक कम्पनीमा आगलागी हुदाँ नौ जना कामदारको ज्यान गएको छ । आज अपरान्ह् पौने चार बजे इलोक्ट्रोनिक्स सामान उत्पादन गर्ने कम्पनीमा आगलागी हुदाँ सो हताहती भएको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । आगो निभाउन दमकल र अग्नीनियन्त्रक आउनु अघि भवनबाट हाम फाल्दा कामदारको ज्यान गएको जनाइएको छ । नाम्दोङ औद्योगिक परिसर भित्रको उक्त कम्पनीमा लागेको आगो निभाउन दर्जनौ दमकल र अग्नीनियन्त्रक प्रयासरत छन् । आगलागीको कारण अझै खुल्न सकेको छैन् ।

प्रतिक्रियाहरू