कोरियाको सबैभन्दा द्रुत रेल KTX दुर्घटना पछी को-रेल प्रमुख द्वारा राजिनामा

5025

गत सनिबार  खाङ्वन प्रान्तमा कोरियाको सबैभन्दा द्रुत   रेल KTX दुर्घटना भएपछी को – रेल प्रमुख ओह योंग सिक ले आफ्नो पद बाट राजिनामा दिएका छन् l उनले दुर्घटनाको जिम्मेवारी लिदै मंगलबार पद बाट राजिनामा दिएको कोरियाली संचार मध्यम योंहापले जनाएको छ l

कोरियामा आयोजना भएको प्याङ्चाङ् ग्रिष्मकालिन ओलम्पिक २०१८ लाइ मध्यनजर गरि गत बर्ष  निर्माण गरिएको उक्त रेल लिगमा गत सनिबार द्रुत गतिमा गुडिरहेको ktx रेल दुर्घटना १ दर्जन भन्दा धेरै  यात्रु घाइते भएका थिए l रेल अनियन्त्रित भै लिक बाट बाहिर गइ दुर्घटना भएको थियो l

उक्तघटना सहित सोहि   लिगमा ३ सातामा अन्य ९ वटा  सानातिना दुर्घटना भएपछी रेल लिग निर्माण पक्षको ब्यापक आलोचना भएको छ l

प्रतिक्रियाहरू