कोरियाको साना तथा मझौला कम्पनीले गर्यो प्रवासी कामदारको ज्याला घटाउनु पर्ने माग

1786

कोरियाको साना तथा मझौला कम्पनीले बिदेशी कामदारको न्युनतम ज्याला  घटाउनु पर्ने माग गरेको छ l  गत सोमबार कोरियाको ख्वाङ्जुमा बसेको  साना तथा मझौला कम्पनिहरुको संगठनका प्रतिनिधिको बैठकले बर्षेनी बृद्वी भएको प्रवासी मजदुरको ज्यालाका कारण साना कम्पनीहरुले आर्थिक भार थेग्न नसकेको ठहर गर्दै आगामी बर्ष देखि न्युनतम ज्याला घटाउनु पर्ने माग गरेको हो l

बैठकमा साना तथा मझौला कम्पनीका प्रतिनिधि सोंग योंग -सोले भाषा तथा अन्य दक्षताको अभाबका कारण कोरियन मजदुरको तुलनामा प्रवासी मजदुरले गर्ने उत्पादन निकै कम हुने भन्दै बराबर ज्यालाका न्यायोचित नहुने बताए l यद्यपी   श्रम मन्त्रालयले भने कोरियामा आप्रवासी र स्वदेशी कामदार बिचको न्युनतम ज्यालामा  विभेदकारी कानुन नभएको कारण भिन्न ज्याला निर्धारण गर्न कठिनाइ भएको बताउदै आएको छ l

साना तथा मझौला कम्पनिहरुको संगठनले यो बर्ष गरेको एक सर्बेक्षण पछी  कोरियन कामदारको तुलनामा बिदेशी E9 भिसा बाहक कामदारको उत्पादन क्षमाता १२.५ प्रतिशत कम रहेको तथ्यांक सार्बजनिक गरेको  थियो l

सन् २०१८ मा न्युनतम ज्याला  १६.४ प्रतिशत बृद्दी भै  प्रतिघन्टा ७ हजार ५ सय ३० वोन  पुगेको थियो भने   सन् २०१९ मा १०.९ प्रतिशतले बृद्दी भै हाल ८ हजार ३ सय ५० कायम भएको छ l बर्तमान राष्ट्रपति  मुन जे इनको चुनावी प्रतिवद्वता अनुसार  सन् २०२० सम्म न्युनतम ज्याला  प्रतिघन्टा १० हजार वोन पुग्ने छ l

प्रतिक्रियाहरू