दक्षिण कोरियाको राजधानी सियोलको दक्षिणी भाग बुन्दाङमा रहेको स्ट्रिम पुलको रेलिङ र फुटपाथ भत्किँदा बुधबार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बिहान ९ बजेर ४५ मिनेट जादा स्ट्रिम पुलको एक छेउ भत्किएर तल खस्दा उक्त दुर्घटना भएको समाचार एजेन्सी योंघपले जनाएको छ l
उक्त दुर्घटनामा परि एक ३० वर्षकी एक महिलाको ज्यान गएको छ भने अर्का ३० वर्षको पुरुषलाई पछाडिको भागमा चोट लागेको छ l दुई, एक अर्काका लागि अपरिचित, भत्किएको बेला प्रभावित फुटपाथमा हिडिरहेका थिए । उनीहरु दुबैलाई तत्कालै उद्वार गरि अस्पताल पुर्याइएको भएता पनि ती महिलालाई मृत घोषित गरिएको थियो।
उनीहरु पुलबाट करिब ५ मिटर तल हिड्ने बाटोमा खसेका थिए ।यस क्षेत्रमा हिजो रातिदेखि नै भारी वर्षा भइरहेको छ । प्रहरीले दुर्घटनाको वास्तविक कारण खोजिरहेको बताएको छ