कोरियाको सियोलमा गायिका मेनुका राइको एकल साँझ हुने

412

चर्चित गायिका मेनुका राईको एकल साँझ कोरियाको राजधानी सौलमा मे २५ शनिबार  बेलुकी  दोङदेमुन ३ नम्बर गेट संगै शुभेच्छा रेष्टुरेण्ट हलमा टिपिकल नेपालको आयोजनामा हुने भएको छ। उक्त साँँझमा स्थानिय कलाकारहरूको समेत प्रस्तुती रहने छ।

भर्खरै सम्पन्न किराँत राई यायोक्खा बुसान द्वारा आयोजित उभौली साकेलाको लागी आफ्नो प्रस्तुती दिन कोरिया आएकी गायिका मेनुका राई एकल साँझ लगत्तै सौलमा हुने भएको हो। दर्जनौं हिट गीतहरूमा स्वर दिएकी गायिकाको केही महिना अघि गायक रूप कुमार राई संग गाएकी नौ लाई सुन्ना नब्बे निकै चलेको गीत हो ।
यिनै गीतहरू को साथमा भरपुर मनोरंजन लिन कोरियावासी नेपालि हरुलाई उपस्थितिको लागि आयोजले हार्दिक अनुरोध समेत गरेको छ l

प्रतिक्रियाहरू