कोरियाको हाट बजार, नेपालीको एक नजर

1328

कृषि उत्पादक र उपभोक्ता बिच सोझो संपर्क भई निश्चित समय र स्थानमा ताजा कृषि उपज बेच बिखन हुने केन्द्रलाई हाट बजार भनिन्छ।कोरिएन भाषामा छाङनाल भनिन्छ।छोटकरीमा छाङे भन्दछन।

हप्तै पिच्छे ठुला शहर या गॉउका बजारमा लाग्ने हाट बजार नदि किनार आसपासका फराकिला ठॉउहरुमा देखियो।
यि हाटबजार घुम्ने हो भने कोरियाका परम्परा संस्कृतिको जानाकारी पाईन्छ।नेपालका माना पाथि जस्तै काठका भॉडॉको नापो लिईदो रहेछ।पॉचमुठिलाई फानथोङ १मानालाई हानथोङ भनिन्छ।
ताजा र सस्तो कृषि उपज,दैनिक उपभोग्य सामाग्री,पशु चौपया,मौसम अनुसारका कपडा,सामुन्द्रिक खाना खरिद बिक्रि गरिन्छ।

रोचक पक्ष के छ भने?कृषक स्वंमले आफ्नो उत्पादनको साउन्ड सिस्टमले प्रचार गरेको हुन्छ।सवैले त्यसो गर्दा खैलाबैला हुन्छ।ऑफुले जुन समान किन्ने हो त्यसैको मात्र प्रचार सुन्न ग्राहाकलाई छुट छ।
एस्ता हाटबजारमा बुढाबुढी उमेरका मानिसले पनि धेरै थोरै सामान बेचिरहेका हुन्छन।पातिका मुन्टा,सखरखण्डका पात,सिलमका पात,फर्सिका मुन्टा,निउरो,कुथुर्के,खुर्सानी लगायत जडिबुटी बेच्न राखेका हुन्छन।नेपालको फुटपाथ जस्तै ग्रहाकले सके सम्म मुल्य घटाउने प्रयास गर्दछन।ऑफै बनाएर खानु पर्ने प्रवासि मजदुरले आफ्नो एरियामा कॉहा कहिले छाङनाल हुन्छ सोहि दिन केहि समय मिलाएर उपभोग्य सामान किन्ने हो भने ताजा र सुपथ मार्टमा भन्दा धेरै सस्तोमा किनमेल गर्न सकिन्छ।

यि हाट बजारको आकर्षणको केन्द्रबिन्दु भनेको सामुन्द्रिक जिवहरु जिउँदै बिक्रि गर्न राखिएको दृश्य हो।गँगटा,बिभिन्न प्रकारका माछा,खपटे,अक्टोपस,अजिङगो,पानि सर्प लगायतका थुप्रै पानि किराहरु खरिद बिक्रिको लागि राखिएका हुन्छन।यि स्टलहरुमा ग्रहाकको बढि भिड देखिन्छ।

ऑफुलाई धेरै भएको चिज बेच्ने आवश्यक भएको किन्ने स्थलकोरुपमा कोरियाका शहर र गॉउमा यो प्रथा अझै कायम छ।युवा र वलवालिका लिएर घुम्ने उनिहरुलाई बिभिन्न बालीनाली पशुपंक्षिको बारेमा ज्ञान दिलाउने शुभअवसरकोरुपमा पनि उपयोग गरिदो रहेछ।

गज्जवको कुरा के छ भने यि हाटबजार स्थल चिटिक्क र सफा छन।नेपालको कालीमाटी ,टुँडिखेल,पोखराको चिप्लेढुंगा स्थित नाम चलेका तरकारी तथा फलफुल बिक्रि केन्द्र फोहर का घर जस्तै देखिन्छन।यो प्रथा नेपालको पुर्वमा अझै कायम छ।झापाका कतिपय ठॉउको नाम आईतवारे मंगलवारे शनिश्चरे रहेका छन।पश्चिम नेपालमा पनि मेला जात्राका नाममा यो अभ्यास थियो।आधुनिकताका नाममा जे राम्रा थिए तिनको जगेर्ना नगरी लोप भए हुँदै गईरहेका छन।तर कोरियामा यिनै परम्परगत जिवनशैली झल्काउने हाटबजारको संरक्षण मात्रै गरिएको छैन यसलाई अझ व्यवस्थित बनाईएको छ।जय कृषि जय किसान।भविष्य हाम्रो हातमा छ।
हरिराम भण्डारी, हेल्लो नेपाल कोरिया डट कम

प्रतिक्रियाहरू