कोरियाको होटेलका कोठामा गोप्य क्यामरा ,१६ सय ब्यक्तिको बनाइयो अश्लिल भिडियो

941

दक्षिण कोरियाका  ३०वटा  भन्दा बढी होटलका कोठामा गोप्य क्यामरा राखेर झण्डै १६ सय व्यक्तिको अश्लिल भिडियो बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ भने २ जना माथि अनुशन्धान भैरहेको छ l
टिभी, हेयर ड्रायरको होल्डर र सोकेटमा क्यामरा लगाएर भिडियो बनाउने गरेका पुरुषहरुले यसबाट ६ हजार डलर भन्दा बढी आय गर्ने गरेको समाचार सिएन एन   जनाएको छ ।

सिएन एनका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको र दोषी पाइएमा १० वर्षसम्मको जेल सजाय र २६ हजार डलर भन्दा बढी जरिवाना हुनेछ । लुकाइएका क्यामराबाट खिचिएका भिडियोलाई उनीहरुले सेक्स टेप वा निउड टेपको रुपमा बिक्री गर्ने गरेका थिए ।

उनीहरुले गएको अगस्टमा दक्षिण कोरियाका १० शहरमा रहेका ३० होटलका कोठामा एक एमएमको लेन्ससहितको क्यामरा लगाएका थिए । नोभेम्बरमा उनीहरुले वेब साइट बनाए, जसमा पूरा भिडियो हेर्नका लागि पैसा तिर्नु पर्ने र ३० सेकेण्डको भिडियो बिना शुल्क हेर्न पाउने व्यवस्था थियो ।

उनीहरुले वेब साइटमा ८०३ वटा भिडियो पोस्ट गरेका थिए । यहि मार्चमा साइट बन्द गर्दासम्म उनीहरुका  ९७ जना शुल्क तिर्ने सदस्य थिए ।