कोरियाबाट फर्केकालाई सहुलियत ऋण: तिन वर्ष अघिको योजना बजेट मार्फत घोषणा

9306

रोजगारका लागि कोरिया लगायत अन्य देशबाट फर्केका नेपाली कामदारको सीप परीक्षण गरि उद्यम गर्नको लागि १० लाखसम्म ऋण दिने योजना बजेट मार्फत सरकारले ल्याएको छ ।

झण्डै ३ वर्ष अघि इपिएस शाखाका प्रमुख हुदा डिल्लीराम बास्तोलाले कोरियाबाट फर्केका कामदारलाई सहुलियत ऋण कार्यबिधि मस्यौदालाई मन्त्रालयमा पठाएकोमा श्रम बैकका कारण देखाई मन्त्रालयले उक्त कार्यविधि रोकेको थियो । कोरियाबाट फर्केका कामदारलाई उद्यमशीलता तालिम तथा सहुलियत ऋण प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७२ को मस्यौदामा उद्यम/व्यवसाय गर्न चाहने नेपाली कामदारले निःशुल्क उद्यम तालिमका साथै ५ प्रतिशत ब्याजदरमै २० लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था गरिएको थियो ।

हाल दक्षिण कोरियामा श्रम कन्सुलरका रुपमा रहेका बास्तोलाले आफूले अघि सारेको योजना बजेट कार्यक्रमबाट सुन्न पाउदा खुशी लागेको बताए ।उनले सीप तालिम र ऋण प्रवाह सहज , सहजिकरण र परामर्श दिने निकाय तोकिएमा  शिघ्र नतिजा सम्भव भएको बताए।

सरकारले सीप सिकेका कामदारलाई मात्रै वैदेशिक रोजगारीमा जान दिने र ७ वटै प्रदेशमा श्रम स्वीकृतिको लागि कार्यालय स्थापना गर्ने भएको छ । त्यसैगरी च्यालेन्ज फन्ड स्थापना गर्ने, वैदेशिक रोजगारीको कार्यमा संलग्नलाई आन्तरिक रोजगार सिर्जनमा प्रयोग गर्ने भएको छ ।

प्रतिक्रियाहरू