कोरियाबाट विदामा आएकालाई चार्टड विमान मार्फत लैजाने तयारी, भिसा सकिन लागेका प्राथमिकतामा

2514

विश्वव्यापी महामारी रुप लिएको कोरोनाभाइरस कोभिड नाइन्टेनका कारण विश्व प्राःय ठप्प छ । कोरोना न्यूनिकरण र नियन्त्रण गर्न नेपाल सहित विभिन्न मुलुकले लकडाउन, अन्तर्राष्ट्रिय उडान बन्द लगायतका उपाय अपनाइरहेका छन् । लकडाउन लागू गरिएको १ महिना नाघ्दा कोरियाबाट विदामा नेपालमा आएका कामदार, विद्यार्थी र व्यावसायिले भिसा सकिन लागेपछि चिन्तित बनेका छन् । भिसा सकिन लागेको भन्दै एनआरएन कोरियाको पहलपछि ३ दिन अघि मन्त्रीपरिषदले इपिएस मार्फत कोरिया गएर विदामा फर्केका नेपाली कोरिया जान सक्ने भन्दै बाटो खोलिदिएको छ । सोहि अनुरुप ग्वार्कोस्थित इपिएस साखाले पनि विदामा आएका ६ सय ५० भन्दा बढीको नामावली संकलन समेत गरेको छ । यद्यपी उक्त नामावलीमा विद्यार्थी, इ सेभेन, एफ टु र व्यवसाय भिसाका नेपालीको नाम भने समेटिएको छैन् ।

कोरियाबाट फर्केका व्यवसायि र इपिएसकर्मीको टोलीको भेटमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले कोरोना महामारीका कारण विश्व नै आक्रान्त भइरहेको बेला रोजगारदाता मुलुकले भिसा थपिदिने भएकोले आत्तिनुपर्ने अवस्था नभएको बताउनु भएको छ । उहाँले कुनै पनि देशबाट विदामा आएका नेपाली कामदारले चाहेमा विभागले सहजीकरण गर्न तयार भएको बताउनु भयो । चार्टड हुने विमानमा भिसा सकिन लागेका इपिएस कामदारलाई प्राथमिकता दिने बताउनु भएको छ । तर रोष्टर र श्रम सम्झौता लगायत नयाँ कामदारको हक भने तत्काल कोरिया पठाउन सक्ने अवस्था नभएको बताउनु भएको छ । इपिएस कार्यलयका निर्देशक कृष्ण प्रसाद खनालले पनि मन्त्रीपरिषदबाट निर्णयका आधारमा कार्यलयले विदामा आएर फर्कन चाहेका कामदारलाई कोरिया पठाउन सहजीकरण र सघाउने बताउनु भयो ।

एनआरएन कोरिया र केहि नेपालीले फेसबुकमा विमान चार्टड गरिएको जानकारी र मन्त्रीपरिषदको निर्णयपछि फोन कलको बाढी आएको बताउनु भयो । फोन कल व्यावस्थापन गर्न छुट्टै कल सेन्टर स्थापना गरिएको बताउनुभयो । उहाँले विदामा आएका बाहेक नयाँले सम्पर्क नगर्न आग्रह गर्नुभयो । विदामा आएकाको हकमा कम्पनीले कोरियन सरकारको मापदण्ड अनुरुपको क्वारेन्टीनको व्यावस्था, स्वास्थ्य परिक्षण, चार्टड विमानको भाडा तिर्नुपर्ने बताउनुभयो । उहाँले जान चाहाने नेपाली कामदारको स्वास्थ्य परिक्षणमा कार्यलयले सहजीकरण गर्ने बताउनुभयो । चार्टड विमानको पहलमा जुटेका नेपालीले पहिलो चरणमा भिसा सकिएका इपिएस कामदारलाई प्राथमिकता दिएर पठाउने तयारी भएको बताए । लकडाउनका कारण विभिन्न ठाँउमा रहेका नेपालीलाई काठमाण्डौं सम्म ल्याउन पासको व्यावस्था भइरहेको बताए ।

प्रतिक्रियाहरू