कोरियाबाट सिक्नुपर्ने पाठ  

0
1534
२० औं शताब्दीको मध्यविन्दुमा उच्च गरिबीको रेखामुनि रहेको दक्षिण कोरिया २१औं शताब्दीको सुरुवातमा आइपुग्दा आर्थिक रूपले समृद्ध बनेको छ। सन् १९५० को दशकमा गृहयुद्धमा फसेको कोरियाले त्यसबखत र पहिले चरम भोकमरीको सामना गर्नुपरेको थियो। उतिखेर नेपाललगायत अन्य छिमेकी राष्ट्रले खाद्यान्न सहयोग गरेका थिए। त्यसलगत्तै विकासमा पाइला चालेको कोरियाले पछिल्लो ६० वर्षमा चामत्कारिक विकास र्गयो। विकासमैत्री सरकारी नीति, लगानीयोग्य वातावरण, इमान्दार कर्मचारीतन्त्र र मिहेनती नागरिककै कारण कोरियाले समृद्धिको अहिलेको उचाइ लिएको हो।
गृहयुद्दपश्चात् कोरियनहरू पनि नेपालीजस्तै बैदेसिक रोजगारीमा लागेका थिए। इजरायल, साउदीअरब, मलेसिया, हङकङ, जापान, जर्मन, दुबईलगायत अन्य छिमेकी राष्ट्रमा काम गर्न गएका थिए। सीप र आर्थिक रूपले बलियो भइ उनिहरु स्वदेश फर्के र स्वतन्त्र रूपमा उद्योग तथा कृषि फाम खोले। सरकारले उनिहरुको लगानिलाई आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक सहयोग ग¥यो। गृहयुद्धपश्चात् कोरियाले पहिलो पटक सन् १९६० मा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना लागू र्गयो। सन् १९९७ सम्म वार्षिक १० हजार अमेरिकी डलर र्पुयाउने लक्ष्य राखेको कोरियाले सन् ६० अगाडि लागेको उच्च आर्थिक मन्दीका कारण सफल हुन सकेन। यद्यपि, प्रतिव्यक्ति आय क्रमश वृद्धि हुँदै गयो।
सन् २००० मा कोरियालीहरूको वार्षिक प्रतिव्यक्ति आय १० हजार डलर पुग्यो। सन् २००१ मा सरकारले आर्थिक मन्दीको अन्त्य भएको घोषणा र्गयो। सन् २०१७ को मध्यसम्म आइपुग्दा यहाँको प्रतिव्यक्ति आय २९ हजार ८ सय ९१ डलर रहेको छ भने यसले विश्वका १७ राष्ट्रका नागरिकलाई प्रत्यक्ष रोजगार दिइरहेको छ। कतिपय देशका नागरिकले कोरियाबाट अप्रत्यक्ष रोजगारी पनि पाइनै रहेका छन्।
एसियामा चौथो र विश्वमा एघारौं स्थानको विकसित मुलुक कोरियामा वर्षेनि लाखौं आप्रवाशी कामदार कामको खोजिमा भित्रिन्छन्। दक्षिण कोरिया विश्वमा सातौं आत्मनिर्भर देश हो। पाँच करोडको हाराहारीमा रहेको यहाँको जनसँख्या सबै साक्षर छन्। स्वास्थ्य मापदण्डमा कोरिया तेस्रो स्थानमा पर्छ। विश्वकै पहिलो दु्रत इन्टरनेट सेवा भएको यहाँका ९५ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन्। यहाँका मानिसको दैनिक गतिविधि र सुरक्षा सूचना प्रविधिसँग जोडिएको छ।
१९५० को दशकमा गृहयुद्धमा फसेको कोरिया त्यसको केही वर्षसम्म हरेक क्षेत्रमा जर्जर थियो। सन् १९४५ मा जापानी उपनिवेशबाट मुक्ति र आन्तरिक युद्धका कारण तहसनहस भएको कोरियासँग आर्थिक पूर्वाधारका निम्ती साधनस्रोतको अभाव थियो। हरेक कुरामा वैदेशिक सहायताको आवश्यकता थियो। त्यतिखेर कोरियाको कुल गार्हस्थ उत्पादनमा १७२ राष्ट्रमध्ये अन्तिममा थियो। यही स्थितिमा कोरियाले सन् १९६० देखि रणनीतिक रूपमा आर्थिक विकास योजनाको सुरुवात गरेको थियो।
५७ वर्षको छोटो अवधिमा कोरिया विकसित आधुनिक एवं औद्योगिक राष्ट्रमा रूपान्तरित भएको छ। छोटै अवधिमा सामाजिक र आथिर्क विकाश सम्पन्न सम्भव भएको दक्षिण कोरिया विकासका हिसाबले एकै पुस्ताको जीवनकालभित्रै रूपान्तरण भएको देश हो। र, राष्ट्रिय हितमा काम गर्ने हो भने राष्ट्रको उन्नतिमा असम्भव भन्ने छैन भन्ने ज्वलन्त उदाहरण हो यो। निर्वाहमुखी कृर्षिमा आधारित दक्षिण कोरिया अहिले समृद्ध आधुनिक औद्योगिक अर्थतन्त्रका रूपमा उदाएको छ। बलियो राजनीतिक नेतृत्वकै कारण अहिले कोरियालीको प्रतिव्यक्ति आयमा ३ सय गुणाभन्दा बढीले वृद्धि भएको छ। कोरियालीहरू आफ्नो देशलाई सहयोग लिने राष्ट्रबाट दिने राष्ट्रका रूपमा चिनाउदा गर्व गर्छन्।
कोरियामा समय, श्रम र पैसाको एक–एक हिसाब हुन्छ। जुनसुकै ठाउँमा उनीहरू तोकिएकै समयमा उपस्थित हुन्छन् र काम सुरुगर्छन्। प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको कोरियाले ‘पाल्ली–पाल्ली’ (छिटो–छिटो) नारामै दु्रत विकास गरेका छन्।
कोरियामा समय, श्रम र पैसाको एक–एक हिसाब हुन्छ। जुनसुकै ठाउँमा उनीहरू तोकिएकै समयमा उपस्थित हुन्छन् र काम सुरुगर्छन्। प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको कोरियाले ‘पाल्ली–पाल्ली’ (छिटो–छिटो) नारामै दु्रत विकास गरेका छन्।
दक्षिण कोरिया विश्वमा सहयोग दिनेमध्ये दशौं स्थानमा पर्छ। कोरियनहरू त्यसको प्रमुख श्रेय सन् १९६१ देखि १९७९ सम्म सरकारको नेतृत्व सम्हालेका तत्कालीन राष्ट्रपति पार्क चुङ लीलाई मान्छन्। लीले अपनाएको विकास नीति, वैदेशिक सहयोग र जनताको स्वतःस्फूर्त सहभागिताजस्ता विकासमैत्री क्रियाकलापले कोरियाले छोटो समयमा विकासको छलाङ मारेको हो। युद्धपश्चात् छाएको गरिबीलाई सहयोग गर्न बाह्य राष्ट्रहरूले दिएको आर्थिक अनुदाको सही सदुपयोग र नागरिकको परि श्रमकै कारण कोरिया आजको कोरिया हुनपुग्यो।
कोरियन नागरिक आफ्नो देशको चरम विकासको श्रेय हान नदीलाई पनि दिन्छन्। पूर्वदेखि बग्दै आएको नदी राजधानी सउलको बीच भाग हुँदै पश्चिमतर्फ बगेको छ। कोरियाले अपनाएकोे ‘सेमाउल’ अर्थात् नयाँ गाउँ अभियानले नागरिकको आर्थिक एवं सामाजिक स्तर उन्नति उकासेको हो। ग्रामीण आर्थिक विकासको सन्दर्भवमा उक्त अभियानलाई आजसम्म पनि उक्तिकै रूपमा लिइन्छ। कोरियामा उत्पादित सामसुङ, हुन्डाई, किया, एलजीले विश्वबजारमा व्यापक स्थान पाएका छन्। कोरियाले मोबाइल, कम्प्युटरसँगै पानीजहाजलगायत सवारीसाधन, प्लास्टिकजन्य सामग्री, औषधि, तेलजन्य पदार्थ, फलाम, स्टिल, अर्गा्निक केमिकललगायत सामग्री विश्ववजारमा निर्यात गर्छ। यहाँ रोजगारीका लागि आएका आप्रवासीहरूले बर्से्नि अर्बौं डलर रेमिट्यान्स आफ्नो देशमा पठाइरहेका छन्।
कोरियामा समय, श्रम र पैसाको एक–एक हिसाब हुन्छ। जुनसुकै ठाउँमा उनीहरू तोकिएकै समयमा उपस्थित हुन्छन् र काम सुरु गर्छन्। प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको कोरियाले ‘पाल्ली–पाल्ली’ ( छिटो–छिटो ) नारामै दु्रत विकास गरेका छन्। यहाँको विकासको गति उच्च देख्दा हामी हरेक कुरा नेपालसँग दाँज्न पुग्छौं। व्यावसायिक भवन, सडक, औद्योगिक कलकारखाना, शैक्षिक क्षेत्र र सामाजिक क्षेत्रदेखि दैनिक फस्टाउँदो यहाँको विकास। कोरियालीहरू भन्छन्– ‘मानी मकयो, पाल्ली इलहेयो’ अर्थात् धेरै खाउँ र छिटो–छिटो काम गरौं, बढीभन्दा बढी उत्पादन गरौं। प्रभावकारी विकास नीति र दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्वकै कारण कोरिया छोटो समयमै आधुनिक–औद्योगिक राष्ट्रमा रूपान्तरित भएको हो।
दक्षिण कोरियाले सन् १९९० को दशकमा चरम विकासको गतिलिएसँगै नेपाली युवा त्यसतर्फ रोजगारीका लागि आउन थाले। ईपीएस माध्ययमभन्दा पहिले विभिन्न एजेन्सीमार्फत नेपाली कोरिया आएका थिए। सन् २००७ देखि कोरियाले रोजगार अनुमति प्रणाली ‘ईपीएस’ लागू गरेपछि नेपाली युवाले कोरियामा रोजगारीका अवसर पाउँदै गए। अहिले पनि कोरियाले १७ छिमेकी देशबाट वार्षिक हजारौं अदक्ष कामदार भित्र्याइरहेको छ। हाल कोरियामा नेपालीको संख्या दैनिक बढ्दो छ। पछिल्लो एक आँकडाका अनुसार ईपीएसमार्फत ४० हजार र अन्य विभिन्न माध्ययमबाट आएका गरी करिब ४५ हजार नेपाली यहाँ बसोबास गर्छन्। उनिहरुले दैनिक १० देखि १८ घण्टासम्म काम गर्छन्।
तर, अदक्ष युवा जनशक्तिलाई कोरियामा काम गर्न उति सहज भने छैन। ‘थ्री डी अर्थात् डर्टी, डेन्जर र डिफिकल्ट’ कठोर श्रम गर्नुपर्ने बाध्यता, भाषा नजान्दाको कष्ट र मालिकको प्रताडना खप्न नसकेर कतिपय युवा फ्रस्टेसनको सिकार हुने गरेका छन्। तर, नेपाल विकासोन्मुख अवस्थामा छ। यहाँ कृषि, पर्यटन र जलस्रोतमा रोजगारीको प्रचुर सम्भावना छ तर नेपाली युवा परभूमिमा काम गर्न बाध्य छन्। कोरियामा सिकेको श्रम, सीप र ज्ञानलाई प्रयोग गरी समृद्ध नेपाल बनाउने अवसर कहिले मिल्ला ?
https://www.facebook.com/nikunjatiwari/

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here