कोरियाले अबैधानिक बिदेशी कामदार राख्ने कम्पनिलाइ थप कडाइ गर्दै , एक महिनामै ८ हजार भन्दा धेरैले देश छाडे

7447

कोरिया छाड्ने अबैधानिक कामदारको संख्या अत्यधिक रुपले बढेको छ lगत डिसेम्बरमा  कोरियाको न्याय मन्त्रालयले सन् २०२० को जुन सम्म स्वेच्छाले देश छाडे पुनः कोरिया प्रवेशको लागि ढोका खुल्ला रहने सुबिधा दिए संगै सो संख्या  बढेको हो l
न्याय मन्त्रालयका अनुसार गत डिसेम्बर मा अबैधानिक कामदाको लागि नया नियम लागु  भएयताको  एक महिनामा  स्वेच्छाले कोरिया छाड्नेको संख्या ८ हजार ९३ पुगेको छ l औसदमा  कोरिया छाड्ने अबैधानिक कामदारको संख्या दैनिक रुपमा  दुइगुणाले बढेको बताएको छ l

कोरियाले तोकिएको अबधि भित्रै स्व- इच्छाले देश छाड्नेहरुको लागि स्वदेश फिर्ती शुल्क समेत छुट दिने सुबिधा दिएको छ l उक्त सुबिधाको लागि हाइ कोरिया मार्फत अध्यागमन विभागलाई जानकारी गराउनु पर्ने छ l यसरि स्वेच्छाले फर्केका कामदारले  चाहेको खण्डमा ९० दिनको पुनःप्रवेश भिषा समेत प्राप्त गर्न सक्नेछन l
त्यस्तै मन्त्रालयले अबैधानिक कामदार राख्ने कम्पनीहरुलाई समेत नियम कडा परेको छ l आगामी मार्च ३१ तारिख देखि  लागु हुने नियमानुसार  अबैधानिक बिदेशी कामदार राख्ने कम्पनिहरुले   मोटो रकम जरिवाना तिर्नु पर्ने छ l र साथै ३ बर्षको लागी कुनै बनि बिदेशी कामदार राख्न पाउने छैनन् l
त्यसैगरी मन्त्रालयले कोरियामा अबैधानिक कामदार रोक्ने  सम्बन्धमा   थाइल्याण्डको श्रम मन्त्रालय संग सम्झौता समेत गरेको छ l

प्रतिक्रियाहरू