कोरियामा अबैधानिक बिदेशीको संख्या बढ्दो , १० बर्षमा झन्डै डबल

1261

कोरियामा अबैधानिक बस्ने बिदेशी कामदारको संख्या ३ लाख ५० हजार नाधेको छ l न्याय मन्त्रालयले जनाए अनुसार यो संख्या बिगत १० बर्ष याता ४१ प्रतिशतले बढेको हो  l

कन्जरभेटिभ चोसुन इल्बो नामक एक संस्थाले गरेको अध्यनमा बिगत केहि बर्ष यता न्युनतम तलबमा भारि बृद्दी हुनुनै   अबैधानिक कामदारको संख्या बढ्नुको मुख्य कारण हुन सक्ने बताएको छ l त्यस्तै मन्त्रालयले भने ज्याला बृद्वीको साथसाथै गत बर्ष प्यान्चांग ओलम्पिकमा खुकुलो गरिएको भिषाका कारण धेरै बिदेशी कोरिया प्रवेश गरि स्वदेश नफर्किएको कारण पनि अबैधानिकको संख्या बढेको बताएको छ l

सन् २०१७ मा २ लाख ५१ हजार अबैधानिक थिए भने सन् २०१०मा यो संख्या १ लाख १९ हजार थियो l सन् २० १८को अन्त्य सम्म आइपुग्दा यो संख्या ह्वात्तै बढेर ३ लाख ५० हजार नाधेको छ l

योंघाप

प्रतिक्रियाहरू