कोरियामा अबैध बस्ने बिधार्थीको संख्या बढ्यो ,हाल सम्म १० हजार भन्दा धेरै अबैध

0
2234

पछिल्लो समय कोरियामा अबैध बिदेशी बिधार्थीको संख्या बढेको न्याय मन्त्रालयले  प्रकाशित गरेको एउटा तथ्यांकले देखाएको छ l बुधबार  प्रकाशित तथ्यांक अनुसार  हाल कोरियामा  १ लाख ६१ हजार ३ सय बिदेशी बिधार्थी  अध्यनको शिलशिलामा रहेका छ l
उक्त संख्याको ७ प्रतिशत अर्थात् ११ हजार १ सय ७६ बिधार्थी आफ्नो भिषा अबधि समाप्ति पश्चात  गैह्र कानुनि तबरले बसिरहेको समेत तथ्यांकमा उल्लेख छ l
सन २०१६ मा ५ हजार ६ सय ५२ बिधार्थी अबैध रहेकोमा सन् २०१८ सम्म आइपुग्दा यो संख्या झन्डै डबल भएको छ l
यसरि अबैध बस्नेमा सियोल क्षेत्रका विश्वबिद्यालयका बिधार्थीको संख्या सबैभन्दा धेरै ३ हजार २४ अर्थात् १९ .९ प्रतिशत छ l त्यस्तै ख्यांगी क्षेत्रमा १४ .५  प्रतिशत तथा सबैभन्दा कम बुसान क्षेत्रमा ५ सय ३९ जना बिधार्थी अबैध रहेको तथ्यांकले देखाएको छ l
महँगो खर्च तिरेर अध्यनको लागि कोरिया प्रवेश गरेका बिधार्थीहरुले यहाँ सोचे अनुसारको अवसर नपाउदा अबैध हुन बाध्य छन् l भाषिक झंझटता  तथा अध्यागमन सम्बन्धि  कडा नियमका कारण बिधार्थी हरु आफ्नो अध्यन समाप्ति पछी पनि अवसर बाट बन्चित छन् l
कोरियामा हाल १ हजार भन्दा धेरै नेपाली बिधार्थीको संख्या रहेको अनुमान  छ l लामो समय सम्मको अध्यनपछी पनि प्रोफेसरको कारण आफुले पाउनु पर्ने युनिभर्सिटी ग्राजुएसन नपाएको कतिपय बिधार्थीको गुनासो छ l

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here