कोरियामा अवैधानिक र अपराध वृद्धि भएपछि संसदमा बहस

1062

दक्षिण कोरियामा अवैधानिक हुने विदेशको संख्या वृद्धि भएको छ । यो वर्षमा मात्र एक लाख अवैधानिक भएपछि कुल तीन लाख तीस हजार पुगेको सरकारी आँकडाले बताएको छ । न्याय मन्त्रालयका अनुसार गत वर्ष दुइ लाख बत्तिस हजार एक सय एकहत्तर अवैधानिक विदेशी रहेकोमा यो वर्ष बढेर तीन लाख तीस हजार पाँच पुगेको छ । अवैधानिक बढेसँगै अपराधका घटनामा पनि उल्लेख्य वृद्धि भइरहेको बताइएको छ । पाँच वर्षमा विदेशीबाट त्रिचालिस हजार छ सय पैतिस अपराधिक क्रियाकलाप भएको आँकडाले देखाएको छ । अवैधानिक र अपराध बढेपछि संसदमा पनि बहस भएको छ ।

प्रतिक्रियाहरू