कोरियामा आजदेखि मास्क नलगाई यात्रा गर्न नपाइने

1388

दक्षिण कोरियामा बिना मास्क सार्बजनिक यातायातमा यात्रा गर्न नपाइने भएको छ lमंगलावार देखि लागु भएको “नो मास्क नो राइड” नियामानुसार बस , ट्रेन वा ट्याक्सीमामा यात्रा गर्ने यात्रुले अनिबार्य रुपमा मस्कको प्रयोग गर्नुपर्ने छ l
अन्तरास्ट्रिय तथा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुहरुलाई भने  बुधबार देखी यो नियम लागु हुने रोग नियन्त्रण महाशाखा केसिडीसीले  बताएको छ l
उक्त नियम उल्लङ्घन गर्ने यात्रुहरुलाई यात्रामा  प्रतिबन्ध लगाई  कानुन अनुसार कारबाही समेत गरिने जारी नियममा उल्लेख गरिएको छ।सो  नियम यात्रु लगायत चालकहरुलाई समेत अनिवार्य गरिएको छ।

जारि नियामानुसार मास्क नलगाई यात्रा गर्न चाहने यात्रुलाई बस वा ट्याक्सी चालकले यात्रामा रोक लगाउन समेत सक्नेछन lनियम लागु भएको पहिलो दीनमै सियोल तथा आसपासका धेरैजसो  यात्रीले मास्क पहिरिएको कोरिया रोग नियन्त्रण महाशाखाले जनाएको छ l
सार्बजनिक यातायातमा कोरोना भाइरसको संक्रमण नफैलियोस  भन्नाको लागी उक्त नियम जारि गरेको बताइएको छ l

प्रतिक्रियाहरू