कोरियामा आठौं रेसुङ्गा भलिबल कपको सम्पूर्ण तयारि पुरा ,टाइसिट समेत सार्वजनिक

126

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले यहि मे १४ तारिकका दिन आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता आठौं रेसुङ्गा भलिबल कपको सम्पूर्ण तयारि पुरा भएको छ l
खेललाई मर्यादित र ब्यावस्थित बनाउने उदेस्यले गत आइतवार दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको आठौँ रेसुङ्गा भलिबल कपको टीम दर्ताको अन्तिम प्रक्रिया साथै गोलाप्रथा द्वारा टाइसिट विभाजन कार्य सम्पन्न गरिएको आयोजकले बताएको छ l
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान” भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता राजधानी सियोलको खेलमैदान (성북 국민 체육관 서울 성북구 고려대로 17 가길 78 मा आयोजना गरिएको छ l
कुल १७ टिमले भाग लिएको उक्त प्रतियोगितामा २ टिम गुल्मी सम्पर्क समिति बाटै छन् भने बाकि १५ टिम बिभिन्न संघ संस्थाहरुबाट छन l

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमलाइ ४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने बताउँदै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सटर र उत्कृष्ट ब्लकरलाइ जनही ५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने संस्थाका खेल संयोजक सुदन रानाले जानकारी दिए ।

प्रतियोगिताको टाइसिट निम्नानुसार छ