Home प्रवासी समाचार कोरियामा आयोजना हुने भलिबल प्रतियोगीताको बाँडफाड सम्पन्न , ५ वटा संस्थाले कार्यक्रम आयोजना गर्ने

कोरियामा आयोजना हुने भलिबल प्रतियोगीताको बाँडफाड सम्पन्न , ५ वटा संस्थाले कार्यक्रम आयोजना गर्ने

0
कोरियामा आयोजना हुने भलिबल प्रतियोगीताको  बाँडफाड सम्पन्न , ५ वटा संस्थाले कार्यक्रम आयोजना गर्ने

गत आईतबार सौलमा नेपाल कोरिया भलिबल संघको आयोजनामा कोरियामा हुने विभिन्न भलिबल प्रतियोगिताहरुको कार्यक्रम बाँडफाँड संघका संयोजक भजिन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।

सदाको बर्ष झैं यस बर्ष पनि प्रतियोगिताको सिजन शुरु हुन लागेसंगै संघद्वारा निर्धारित मापदण्डमा आधारित रहेर प्रतियोगिता आयोजनाको निम्ति योग्य संघसंस्थाहरुलाई निवेदनको लागि अनुमति दिएको थियो। संघको मातहतमा रहेर संघ लगायत अन्य ५ वटा संघसंस्थाहरुद्वारा आगामी अप्रिल महिना देखि सेप्टेम्बर महिनासम्म ६ वटा प्रतियोगिताहरु आयोजना हुने भएको छ।जसमा, पहिलो प्रतियोगिता (अप्रिल २८, स्याङ्जा परिवार),दोश्रो प्रतियोगिता(मे २६, गुल्मी सम्पर्क समिति),तेश्रो प्रतियोगिता(जून २३, सिहुङ्सी आनसान),चौथो प्रतियोगिता(जुलाई २८, नेपालकोरिया भलिबल संघ),पाचौं प्रतियोगिता(अगष्ट २५, विश्वकर्मा समाज)
र अन्तिम प्रतियोगिता( कोरियन चाड छुसक,बाग्लुङ सम्पर्क समिति) रहेका छन्।

सम्पूर्ण प्रतियोगिताका खेलहरु भलिबल खेलको अन्तराष्ट्रिय छाता संस्था FIVE  को नियमअनुसार र नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर नेपाली राष्ट्रिय रेफ्रिहरुद्वारा खेलाईनेछ।
प्रत्येक प्रतियोगिताहरुमा सहभागी हुनको लागि  टिम दर्ता शुल्क ३,५०,००० वोन तोकिएको छ भने प्रथम पुरस्कार १३,००,००० वोन,द्वितीय पुरस्कार १०,००,००० वोन र सान्त्वना पुरस्कार दुई टिमलाई ३, ५०,००० वोन को दरले तोकिएको छ।

कार्यक्रमको समापन गर्दै संयोजक भजिन्द्र क्षेत्रीले उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नुका साथै उक्त मितिमा कुनै पनि खाले कार्यक्रमहरु नजुधाई सम्पूर्ण प्रतियोगिताहरुलाई सफल पार्नको लागि कोरियाबासी संघसंस्थाका प्रतिनिधि एवं सम्पूर्ण भलिबल खेलप्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध समेत गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here