कोरियामा इलामेली समाजले ए मेरो हजुर ३ प्रर्दशन गराउदै, शिक्षा तथा अनाथलाय भवन निमार्णमा सहयोग गरिने

298

ईलामेली समाज दक्षिण कोरियाको आयोजनामा नेपाली चलचित्र ए मेरो हजुर ३ प्रर्दशन हुने भएको छ ।

सुर्योदय र हरियाली इलामेली पहिचान पर्यटन प्रर्वद्धन र समाज सेवा हाम्रो अभियानको नारा सहित यहि आउदो मे २६ तारिखका दिन उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो । नेपालका सुप्रसिद्ध कलाकार अनमोल केसी द्धारा अभिनित नेपाली चलचित्र ए मेरो हजुर ३ प्रर्दशनीबाट भएको मुनाफालाई ईलाम जिल्लामा शिक्षा तथा अनाथलाय भवन निमाणमा सहयोग गर्ने उद्देश्य रहेको आयोजक कमिटिले जानकारी दिएको छ ।

कोरियाको राजधानी सिओल तोङदेमुन स्थित रहेको छोङनोकुकमिन हवेगानमा दिनको ठिक १२ बजे देखि शुरु हुने उक्त चलचित्र प्रर्दशनीमा कोरियावासी सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई गरिमामय उपस्थितको लागी आयोजक कमिटिले हार्दिक अनुरोध गरेको छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

प्रतिक्रियाहरू