कोरियामा उच्च शिक्षा हासिल गर्ने विदेशीले नागरिकता पाउनु पर्ने बिधेयक संसदमा

1782

कोरियाबाट  उच्च अध्यन सकेका  बिदेशी बिधार्थीहरुले कोरियन नागरिकता  पाउनु पर्ने बिधेयकले संसदमा प्रवेश पाउने भएको छ l कानुन निर्माता हरुको एक समुहले कोरियाका बिभिन्न विश्वविधालयबाट ब्याचलर डिग्री वा त्यो भन्दा उच्च अध्यन पुरा गरेका बिदेशी बिधार्थीहरुलाई स्वाभाविक रुपामा कोरियन नागरिकता दिदा कोरियाको घट्दो जनसंख्या पूर्ति हुन सक्ने सरकारलाई सुझाब दिएका छन् l

त्यस्तै प्रतिपक्षी प्रजातान्त्रिक तथा शान्ति  पार्टीका नेता किम क्याउङ -जिनले कानुन निर्माता सहितको एक ग्रुपले स्वाभाविक नागरिकता सम्बन्धि बिधेयक छलफलको लागि  राष्ट्रिय सभामा लैजाने तयारि भैरहेको बताए l
देशको जनसंख्या घट्ने क्रममा पुगिरहेको  अबश्थामा उक्त बिधेयक संसदमा प्रवेश गर्दा यसले सरकारलाई नियम खुकुलो पार्न थप बाध्य पार्न सक्ने विज्ञहरु बताउछन l

“यद्यपी जनसंख्या बृद्दीको निमित्त प्रोत्साहन स्वरूप सरकारले बार्षिक हजारौं  ट्रीलियन वोन खर्च गरिरहेको छ l तर नतिजा भने सुन्य जस्तै छ l  यो नीतिले बिदेशी दक्षता भित्राउन थप मद्वत गर्नेछ ”  नेता किमले भने l
एक तथ्यांकअनुसार कोरियाको जनसंख्या सन २०२८ सम्म उच्च बिन्दु , ५१.९४ मिलियन  पुग्ने छ भने यो संख्या २०६७ मा पुग्दा घटेर ३९.२९ मिलियन अर्थात सन् १९८०को जनसंख्या सरह पुग्ने छ l

श्रोत: कोरिया टाइम्स

प्रतिक्रियाहरू