कोरियामा एक नेपालीको हृदयघातका कारण मृत्यु , शव नेपाल पठाउन समस्या भएपछी सहयोगको अपिल

0
1484

कोरियामा कार्यरत एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । करिब २ बर्ष पहिला कोरिया प्रवेश गरेका   दोलखा गौरीशंकर गाउँपालिका ९ घर भई हाल हाल दक्षिण कोरियाको जिन्जुमा कार्यरत आङकामि  शेर्पाको   शुक्रबार बिहान मृत्यु भएको  दोलखाली समाज कोरियाका अध्यक्ष सरोज केसीले जनाएका छन् ।
करिब १ महिना पहिला हृदयघात भै  अस्पतालमा उपचाररत उनलाई  शुक्रबार बिहान अस्पतालले मृत घोषणा गरेको अध्यक्ष केसीले बताए l मृतक शेर्पा इपिएस भन्दा अलग तरिकाले कोरिया प्रवेश गरि अबैधानिक रुपले काम गर्दै आइरहेको बुझिएको छ l
उपचारका लागि निकै कोसिस गरिएतापनि उपचार असफल रहेकोमा कोरियामा रहेका नेपालीहरु दुःखित भएको पनि उनले बताएका छन् ।
शेर्पाको शव  नेपाल पठाउन र अस्पतालमा उपचारका क्रममा लागेको खर्च तिर्न आर्थिक रकम अभाव भएको भन्दै केसीले सामाजिक संजाल मार्फत  कोरियामा रहेका नेपालीहरु  लाइ सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् ।
आर्थिक रकम सहयोगका लागि खाता यसप्रकार रहेको छ ।
सहयोग संकलन खाता : 1002655419488 Woori Bank (kc saroj) (01064656041 saroj kc) / (01077091406 अाङ पासाङ शेर्पा )

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here