Home प्रमुख समाचार कोरियामा एक नेपाली द्वारा सुसाइड नोट लेखि आफै घांटी काटेर आत्महत्या

कोरियामा एक नेपाली द्वारा सुसाइड नोट लेखि आफै घांटी काटेर आत्महत्या

0
कोरियामा एक नेपाली द्वारा सुसाइड नोट लेखि आफै  घांटी काटेर आत्महत्या

रोजगारीका लागि दक्षिण कोरिया आएका एक नेपालीले आफैले घाँटी काटेर आत्महत्या गरेका छन् l कोरियन प्रहरीका लागि नेपाली भाषा अनुवादक मुक्त गुरुङका अनुसार ख्याङ्गिदो पोछन स्थित एक कम्पनीमा कार्यरत पाल्पाका कुश बहादुर थापा {कुशल} ले सुसाइड नोट लेखि चक्कुले आफ्नै घाँटीमा प्रहार गरि आत्महत्या गरेका हुन् l

इपिएस मार्फत ४ बर्ष १० महिनाको भिषा समाप्ति पछी पुन कोरिया आएका थापाले “कुलतको ओभर डोजले सेन्स गुमाउदै छु l जतिदीन यो संसारमा बाँचे खुसि र हिम्मतका साथ बाँचे l इश्वरलाई करोड धन्यवाद “ लेखेका छन् l

उनि कार्यरत कम्पनीमा अन्य ३ जना नेपाली पनि कार्यरत छन l घाँटीमा चक्कु प्रहार गरि   मृत अबस्थामा  भेटेपछि संगै कार्यरत नेपालीहरुले प्रहरीलाई खबर गरेका थिए l सिसिटिभी फुतेजको आधारमा थापाले आत्महत्यानै  गरेको प्रहरीले पुष्टि गरेको भाषा अनुवादक मुक्त गुरुङले आफ्नो फेसबुक स्टाटस मार्फत जनाएका छन् l

कोरियामा गत बर्षहरुका तुलनामा यो वर्ष आत्महत्या गर्ने नेपालीको  संख्यामा केहि कमि आएको भएतापनि  यस्तो प्रकृतिले आत्महत्या गरेको सम्ववत  यो पहिलो पटक हो l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here