कोरियामा एक नेपाली श्रमिक मृत अवश्थामा फेला

278

कोरियामा अर्घाखाँची घर भएका एक नेपाली श्रमिकको हिजो राति खाना खादै गरेको अवश्थामा मृत्यु भएको छ। बिगत ७ वर्ष देखि कोरियामा श्रम गरिरहेका अन्दाजी २७ वर्षीय स्व. मधुसुदन श्रेष्ठ हाल छेङ्जु स्थित पुरानो कपडा सुरेगीको काम गर्ने कम्पनीमा कार्यरत थिए।

उनको कम्पनीमा अहिले ३ जना नेपालीहरु रहेका छन्। बिहान ड्युटी जाने क्रममा श्रेष्ठ नउठे पछि साथीहरु पुग्दा उनलाई आफ्नै किचन कोठा मै मृत अवश्थामा भेटेका थिए। उनी खाना खाँदै गरेको प्लेटको छेउमा मृत अवश्थामा रहेका सँगै काम गर्ने साथीहरुले बताएका छन्।  कम्पनीमा उनीहरु किचन सहितको छुट्टा- छुट्टै कोठामा बस्ने जानकारी आएको अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष शुन्दर पन्थीले बताए सँगै थप जानकारी र आवश्यक सहयोगको लागि आफुँ लागि पर्ने बताउँनु भयो।

घटना कसरी भयो ? भन्ने सम्वन्धमा अनुसन्धान भइरहेको र घटनाबारे नेपालमा जानकारी दिन खोज्दा परिवारसँग हाल सम्पर्क हुन नसकिरहेको कोरिया स्थित नेपाली राजदुतावासका श्रम सहचारी दिल्लीराम वास्तोलाले बताउँनुभयो।

उनले २ दिन अघि मात्र घरमा आफ्नो दाजु सँग कुरा गरेको जानकारी आएको छ भने मृतकको श्रीमती भने अचेत अवश्थामा रहेको बुझिन आएको छ। नेपालमा उनको २ वर्षको छोरी रहेकी छिन्।

प्रतिक्रियाहरू