कोरियामा एनअारएनए,एनसीसी र पाँच-स को सम्युक्त अायोजनामा बृहत रुपमा दशैँ मनाइदै

625

विदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाई जगेर्ना गर्ने महान् उद्देश्यका साथ विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि गैह्र अावासीय नेपाली सङ्घ ‘एनअारएनए’ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति ‘एनसीसी’ दक्षिणकोरिया र सनातन साहित्य सङ्गीत साधना समूह ‘पाँच-स’ दक्षिण कोरियाको संयुक्त अायोजनामा नेपालीहरुको महान् पर्व विजया दशमी पर्व भबयताका साथ मनाउने भएको छ । यही अक्टोवर १३ तारिख अाईतबार पूर्णिमाका दिन बाजागाजा सहित विभिन्न स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती सहित टिकाजमरा ग्रहण, शुभकामना अादानप्रदानका साथ दशैं महोत्सव मनाउने कुरा अायोजक टिमले  जानाकारी गराएको छ । आश्वीन शुक्ल प्रतिपदा घटस्थापनाका दिन जमरा राखी नौ दिनसम्म नवरात्र भरी शक्तिस्वरुपा महाकाली,महालक्ष्मी,महासरस्वती नवदुर्गा भगवतीको पूजा अाराधना गरी नवदुर्गा भगवतीले काम,क्रोध,लोभ, मोह, र मात्सर्य स्वरुपको अासुरी स्वभावको दानवरुपी असत्य महिसासुर नामको राक्षसमाथि विजय प्राप्त गरी सत्यरुपी सज्जनको  रक्षा गरेको अर्थात्  असत्य माथि सत्यले विजय प्राप्त गरेको खुसियाली स्वरुप ठुलाबडाको हातबाट टीका जमरा,अाशीर्वाद ग्रहण तथा शुभकामना अादानप्रदान गरी यो पर्व मनाउने गरिन्छ । यसरी दुर्गाको उपासना र प्रसाद ग्रहण गर्नाले हामी मानवभित्र रहेका पञ्च विकारहरुको निर्मूल तथा धर्म,अर्थ,काम,मोक्ष चतुर्विध पुरुषार्थ सिद्धि हुने कुरा वैदिक ग्रन्थहरुमा स्पष्ट रुपमा ब्याख्या गरेको पाइन्छ भने वैज्ञानिक हिसावले पनि नवरात्रको रात्रीमा पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा वर्षको दुई पटक नवरात्र पर्दछ । चैत्र मास (मार्च ) रामनवमी र असोज मास (सेक्टम्वर) ) नवदुर्गा । यस समयमा परावैजनी  किरणका कारण अर्थात् हाम्रो शरिरलाई असर गर्ने  विषादीयुक्त तरङ्गहरुले आक्रमण गर्नसक्ने अत्याधिक सम्भावना हुन्छ र  त्यसले शारीरिक बिमार बढ्दै जान्छ ।त्यसैले उक्त समयमा स्वस्थ रहनको लागि शरीरलाई शुद्धी तथा तन-मनलाई निर्मल र पूर्णत: स्वस्थ राख्नको लागि ध्यान तथा उपासना गर्नुपर्ने भएकोले नै यो समयको नाम ‘नवरात्र’ राखिएको हो ।
सरल भाषामा भन्नुपर्दा हाम्रो शरीरमा नौ मुख्य द्वारहरु हुन्छन् यही नवद्वरारको भित्र निवास गर्ने जीवन शक्तिको नाम नै दुर्गा देवी हो ।यिनै मुख्य द्वार अथवा  इन्द्रियहरु नै अनुशासन, स्वच्छ्ता र तारतम्य  स्थापित गर्ने प्रतीकका रूपमा शरीरलाई सालभर सुचारू रूपले क्रियाशील रख्नको लागि  नवद्वारको शुद्धीको पर्वका रुपमा नौदिन सम्म नवरात्र पर्व मनाउने गरिन्छ ।
यसका अलावा विविध कारण र बाध्यतावस अाफ्नो घरबाट लामो समयसम्म  टाढा रहेका अाफ्नो घरपरिवार इष्टमित्र सँगीसाथी छरछिमेकी बर्षको एक पटक मात्रै भएपनी अाफ्नैगाऊघरमा बर्षदिन भरिका भारी पिरमर्का र  दुःखलाई बिर्संदै खुसियालीका साथ जम्काभेट भएर रमाइलो र हर्शोल्लासका साथ दशैंलाई सम्पूर्ण नेपालीहरुकै मौलिक राष्टृय पर्वका रुपमा मनाईदै अाईरहेको पाईन्छ । यही अवसर पारेर दक्षिण कोरियामा पनि सम्पूर्ण मजदुरहरुको बिदाको दिन समेत पारेर एनअारएनए,एनसिसि र ‘पाच-स’ दक्षिण कोरियाले सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व हुनेगरी संयुक्त रुपमा दशै महोत्सव शुभकामना अादानप्रदान टीकाजमरा ग्रहण तथा साङगीतिक कार्यक्रमको अायोजना गरेको छ उक्त सुवर्ण अबसरमा दक्षिणकोरिमा कार्यरत  सम्पूर्ण संघसंस्था,पत्रकार, विद्यार्थी , व्यवसायी, मजदुर तथा
यत्रतत्र छरिएर रहनुभएका कोरियावासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थिति भईदिनुहुन  हार्दिक निमन्त्रणा गरेको छ ।

प्रतिक्रियाहरू