कोरियामा कविता कन्सर्ट २०१९ को तयारी तिव्र

180

दक्षिण कोरियामा धारावाहिक कवि नवराज पराजुलीको आमन्त्रणमा आयोजना हुन लागेको कविता कन्सर्ट २०१९ को तयारी तिव्र पारिएको छ । दक्षिण कोरियाका विभिन्न शहरहरुमा रहेको नेपाली रेष्टुरेण्ट, सेल्टर, लगायत नेपालीहरु जमघट हुने स्थानहरुमा पोष्टर तथा कार्यक्रम बारे जानकारी गराउदै आयोजक संस्था झापाली समाजले प्रचार प्रसारलाई तिव्र पारेको हो ।

झापाली समाज दक्षिण कोरियाले पाथिभर सेल्टर सहयोगार्थ उक्त कन्सर्टको आयोजना गरेको हो । सेल्टर कोरियामा काम छाडेको अवस्थामा बासास्थानको लागि कोरियामा रहेका नेपालीहरुलाई समाजले सहयोग गर्दै आइरहेको छ ।

यहि आउदो जुन ३० तारिक आइतवारका दिन जोगेसा गुम्बामा आयोजना हुने कविता कन्सर्ट कार्यक्रममा हृदयस्पर्शी धुनहरुसँगै पराजुलीले वाचन गर्ने कविताले उपस्थित दर्शकहरुलाई आनन्दित मनोरोञ्जन दिलाउनेछ।

कवि पराजुलीको कबिता संग्रह सगरमाथाको गहिराईलाई २०१७ मा पद्मश्री पुरस्कार प्रदान गरिएको थियो। सगरमाथाको गहिराई मदन पुरस्कारको लागि समेत छनोटमा परेको थियो। परदेश गएको छोराका लागि लेखिएको उनको कबिता ” हेब्बी बड्डे ” निकै लोकप्रिय छ। समकालीन पुस्ताका साहित्य जगतमा नवराज पराजुली एक धारावाहिक कवि हुन्। झापाली समाजका अध्यक्ष नविन बास्कोटाले सबैको मन मस्तिकमा बस्न सफल कविको बिशेष प्रस्तुती हुने कविता कन्सर्ट कार्यक्रममा उपस्थित भएर सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रियाहरू