कोरियामा कवि प्रगति राईको “एकल कविता वाचन” सम्पन्न

1742

आदिबासी सौन्दर्य पहिचानको आवाज भन्ने स्लोगनका साथ प्रवासी भुमी द. कोरियामा स्थापना भएको इतर आवाज साहित्य समाजले केही बर्ष यता विबिध साहित्यि कार्यक्रमहरु गर्दै आइ रहेको छ यसै शिलशिलामा जुन २४ तारिख कोरियाकै दोस्रो ठुलो पर्यटकिय एेतिहासिक शहर बुसानको खिम्हे अबस्थित लिटल इन्डिया रेष्टुरेन्टको सभा हलमा कवि एंव आख्यानकार प्रगति राई एकल कबिता बाचन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बुसान वरिपरि छरिएर रहेका संघ संस्थाका प्रतिनिधी, बौद्धिक ब्याक्तित्व, पत्रकार ,साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व इतर आवज साहित्य समाजका शीर्ष बिन्दु पराजित पोमुले गर्नुभएको थियो भने प्रमुख अथितिमा नेपालबाट आउनु भएका कवि तथा आख्यानकार प्रगती राई रहनु भएको थियो विशिष्ट अथितिमा नेसास कोरियाका अध्यक्ष यल्जी बिबश, एन आर एन बुसान शाखाका अध्यक्ष कुबिर लिङ्देन र आदिबासी जनजाती महा संघ बुसान शाखाका अध्यक्ष तपस तामाङ गर्नु भएको थियो ।

त्यसैगरी अथितिहरुमा विनेसासका अध्यक्ष चन्द्र लामा अनुराग, कियाचु बुसान शाखाका उपाध्यक्ष बिक्रम नेम्बाङ, किराया बुसानका आनन्द राई, तामाङ संघ बुसानका अध्यक्ष बिश्व ब्लोन ,मगर संघ बुसानका अध्यक्ष युद्द सलामी मगर, कि.यायोक्खा गजेका संयोजक जय राई, ताप्लेजुङ समाजका अध्यक्ष खगेन्द्र पालुङ्वा, कियाचु सल्लाहकार सुदिप वानेम, हानपास रेमिटेन्सका प्रतिनिधि तारा भट्टराई, नमस्ते रेस्टुरेन्टका संचालक राजु तामाङ, दुर्गा रेस्टुरेन्टका संचालक मधु महत, न्यु भिजन ग्रुपका अध्यक्ष हरि थपलिया, किम्हे अद्यागमन बिभागका ( नेपाली प्रतिनिधि ) कल्पना कन्दङ्वा कवि तथा चलचित्र निर्देसक राज कुमार मोक्तान रहेको थियो ।

कार्यक्रममा इतर आवाजका शीर्ष बिन्दु पराजित पोमुले नेपाली साहित्य तथा कविताको बारेमा आफ्नो बिचारहरु प्रस्तुत गर्नु भएको थियो भने निर्गराज राईले इतर आवाज बारे प्रस्ट पार्दै शुभकामना मन्तब्य राख्नु भएको थियो । कवि तथा आख्ङ्नकार प्रगती राईले- सायारेम्मा, किनारामा म, बुद्दत्व, सपनाको आतङ्क, वादी बिज्ञप्ती, बलेसीको दियो, रुख, ढुङगा बोल्यो जस्ता आधा दर्जन भन्दा बढि कविताहरु सुनाएर दर्सक मुग्द पारेको प्रस्ट देख्न सकिथ्यो। कवि राईलाई “प्रेमका कुरा ” रानाहँछा सुष्मा र “हरियो कोरिया” कविता शकुन आँशुले वाचन गर्न सहयोग गरेका थिए।

एकल कविता वाचन कार्यक्रम भए पनि कोरियामा रहेका कलमजीवीहरुले पनि अनौपचारिक रुपमा आफ्नो सृजना पस्कन भ्याएका थिए यसै क्रममा कवि – सन्जय कौँचा, सकुन आँशु ,युबराज न्यौपाने ,दिलिप बान्तवा राई ,डेनिसा राई, राज कुमार मोक्तान ,शुक्र राई ,शुस्मा रानाहँछा,चन्द्र लामा अनुराग ,सुन्दर गाउले ,शिव ढकाल, मात्रीका नेम्बाङ, बियोगी काईला, डम्बर सुब्बा, निर्गराज राई ,कृष्ण किरात र टिपि खनाल सुरेश सिंह सम्बाहाङ्फेले आ-आफ्नो सृजना बाचन गर्नु भएको थियो । कार्यक्रम अवधि भर दर्शक दीर्घमा रहेका साहित्य प्रेमि दर्शकहरु तालिपिटि भर पुर सहित्य तृप्त भै आनन्द लिरहेका थिए। कार्यक्रमा विच नेपालबाट आउनु भएका कवि तथा फिलिम निर्देशक राज कुमार मोक्तानको कविता कृति “म र मेरो देश” लोकार्पण गरिएको थियो। कार्यक्रमको अन्तयमा कवि एवं आख्यानकार प्रगति राईलाई दोसला ओडाएर इतर आवाज साहित्य समाजका सम्पूर्ण टिमले सम्मान पत्रका साथ सम्मान गरिएको थियो। त्यसै कार्यक्रम विच विश्व नेपाली साहित्य समाजले समेत सम्मान प्रदान गरिएको थियो। कार्यक्रम इतर आवाज साहित्यिक समाज शिर विन्दु उत्तम खजुमले सन्चालन गरेका थिए ।

प्रतिक्रियाहरू