कोरियामा कामदारले आफ्नो तलब हिसाब गर्न आयो सजिलो मोबाइल एप्

7811

महिना भरि गरेको नियमित काम तथा अतिरिक्त काम (ओभर टाइम्) गरेको हिसाब गर्नको लागी मोबाइल एप आएको छ । आफुले गरेको नियमित काम र ओटि कामको घण्टा तथा प्रती घण्टा पाउने पैसाको दर भरिदिएपछी उक्त क्याल्कुलेटर ले सजिलै हिसाब गरेर पाउने जम्मा तलब देखाइदिन्छ । यती मात्र नभएर रातो बिदामा गरेको काम , राती गरेको काम पनि भरेमा उक्त क्याल्कुलेटर ले सबै जोडेर देखाइदिन्छ । इ पि एस काम्दार को लागी बिशेस रुपमा तयार गरिएको भएपनी उक्त एप सबै किसिम को जागिर खाने मानिस लाई उपयुक्त हुने जनाइएको छ Eps salary calculator टाइप गरेर प्ले स्टोर बाट उक्त एप डाउन्लोड गर्न सकिन्छ । यस एप्लिकेसनमा salary calculator को अतिरिक्त साधारण क्याल्कुलेटर पनि छ। आफ्नो दैनिकी लेखेर राख्न को लागी नोट बुक को पनि ब्यबस्था उक्त एपमा गरिएको छ ।बिहान सबेरै उठ्नको लागी आबस्यक आलराम्( Alarm clock) को पनि ब्यबस्था उक्त एपमा गरिएको छ । Bar code scanner ,Flash light ,Stop watch,Timer (बार कोड स्क्यानर , टर्च लाईट्, स्टप वाच्,टाइमर) समेत राखिएको उक्त एप बिसेस गरेर कोरियामा रहेका नेपाली हरुले मन पराउने बिस्वास एप को निर्माता पवन सिल्वालले बताए ।

उन्ले यस भन्दा पहिला बनएको korean bhasa नामको मोबाइल एप १लाख भदा बढी डाउन्लोड भैसकेको
छ भने केहि माहिना अघी मात्र रिलिज गरिएको अर्को Topik Nepal नामको एपमा २५००० भन्दा बढी डाउन्लोड भैसकेको छ ।उन्को मोबाइल एप् कोरियामा रहेका नेपाली हरुले धेरैनै मन पराएकोले यो एप पनि धेरैले रुचाउने बिस्वास उन्ले ब्यक्त गरेका छन । Eps salary calculator नामक यस एपमा आवस्यकता अनुसारले नया नया सुबिधा थप्दै जाने उन्ले बताए lयस एप लाइ तलको लिंकमा थिचेर डाउन्लोड गर्न सकिन्छ

प्रतिक्रियाहरू