कोरियामा कार्यरत दुई नेपाली युवा सम्मानित

1165

दक्षिण कोरियामा कार्यरत दुई नेपाली श्रमिक सम्मानित भएका छन् । छनान नगरपालिकाबाट काभ्रेका यम श्रेष्ठ र फेन्तेक शहरका नगरप्रमूखबाट नवलपरासीका लक्ष्मण पौडेल सम्मानित भएका हुन।

सामाजिक तथा परोपकारी कार्यमा उदाहरणीय कार्य गरेको कदर स्वरुप छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगर पालिकाले श्रेष्ठलाई सम्मान गरेको हो । इपियस प्रणाली मार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका श्रेष्ठ करिब एक दशक देखि दक्षिण कोरियामा कार्यरत छन्।

सामाजिक कार्यमा सक्रिय योगदान गरेको भन्दै नवलपरासी निबासी इपिएस मार्फत २ वर्ष अघि कोरिया आएका फेन्थेक माईग्रेन्ट नेपाली समितिका अध्यक्ष लक्ष्मण पौडेल लाई सामाजिक सेवामा महत्वपूर्ण कार्य गरेकोमा प्रशंसा गर्दै सो सम्मान प्रदान गरिएको हो वल्र्ड पिपुल्स डेको अवसरमा मे २६ तारिख फेन्थेकमा आयोजित एसियन प्रबासी बहुसास्कृतिक महोत्सवमा फेन्थेक मेयर नगर प्रमुख जंग जांग सन् द्वारा सम्मान गरिएको थियो । उक्त सम्मान सो बिश्व शान्ति एसियन महोत्सवको अवसरमा फेन्तेक शहरका नगरप्रमूखले सामाजिक कार्य गरेबापत दिने बिशेष सम्मान रहदै आएको छ । बिगत वर्षहरुमा माईग्रेन्ट नेपाली समितिका पुर्ब अध्यक्ष राजेन्द्रप्रसाद बेलबासे ,कृष्ण पुरी लगाएतले पनि सो सम्मान पाएका थिए ।

प्रतिक्रियाहरू